लुना लुँइटेल ‘मिस नेपाल २०२५’ घोषित
काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा शनिबार सम्पन्न भव्य फिनालेमा लुना लुँइटेल ‘मिस नेपाल २०२५’ बनेकी छन् । ‘द हिडन ट्रेजर’ले आयोजना गरेको प्रतियोगितामा उनले ताज जितेकी हुन् ।
पूर्वमिस नेपाल आस्मा कुमारी केसीले विजेता लुँइटेललाई ताज पहिराइदिएकी थिइन् । यसअघि काठमाडौंसहित विभिन्न सहरमा अडिसन लिएर छानिएका २६ प्रतियोगीबीच अन्तिम प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा सोनि घले ‘थर्ड रनर अप’ तथा ‘मिस नेपाल अर्थ’ बनेकी छन् भने उरुषा भण्डारी ‘सेकेन्ड रनर अप’ र ‘मिस इन्टरनेशनल’ बनेकी छन् ।
यसैगरी, अन्य १५ उपविधामा पनि विजेताहरू घोषणा गरिएका छन् । जसअनुसार आरती थापा ‘मिस हेल्दि स्किन’, प्रज्ञिका क्षेत्री ‘मिस कन्फिडेन्ट’, जगदिश्वरी शाह ‘मिस ग्रिन भिजिनरी’, प्रियंका थापा ‘मिस प्रिस्टिन’, उरुषा भण्डारी ‘मिस टाइमलेस इलिजेन्स’ र ‘मिस पपुलर च्वाइस’, स्मृति श्रेष्ठ ‘मिस फेस अफ द इयर’, ‘मिस फोटोजेनिक’ र ‘मिस फेस अफ फार्मेसी’, दीपशिखा नेपाल ‘मिस इम्पावर्ड च्वाइस’, लुना लुँइटेल ‘मिस डिलाइटफुल ह्याप्पीनेस इन्टिलिजेन्ट’, सइच्छा थापा ‘मिस ब्युटीफुल हेयर’, श्रृष्टि कुमारी तामाङ ‘मिस ब्युटी विथ अ पर्पस’, श्रुति महर्जन ‘मिस इन्टलेक्चुअल’ र निलिमा पोखरेल ‘मिस वुमन विथ विंग्स’ बनेका छन् ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











