ताजा समाचार

चीनकाे थियानचिनमा ओली र पुटिनबिच महत्वपूर्ण भेटवार्ता !

काठमाडाैं । साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको थियानचिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी  राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।

चीनियाँ राष्ट्रपति सी जिङपिङकाे मैत्रिपूर्ण निमन्त्रणामा पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले सोमबार रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता गरेका हुन् ।

अाज भएकाे भेटमा द्विपक्षीय सम्बन्ध र हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो ।

शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषय पनि उठान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org