एमाले वरिष्ठ उपाध्यक्षको उद्घोष- ‘चुनौतीको सामना गर्दै हामी फेरि उठ्नेछौँ’
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको चुनौतीको सामना गर्दै एमालेले मुलुकलाई सही दिशा दिने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पोखरेलले जेन–जी आन्दोलनका क्रममा कार्यालय डढेर खरानी भएपनि इच्छाशक्ति नमरेको भन्दै एमालेले नै अहिलेको चुनौतीको सामना गर्दै मुलुकलाई सही दिशा दिने बताएका हुन् ।
एमाले शान्त तलाउमा डुङ्गा चलाएजस्तो गरि नभइ प्रत्येक कालखण्डमा चूनौतिको सामना गरेर अहिलेको अवस्थामा आएको उनले बताए । उनले अहिले देखिएको चुनौतीलाई पनि टाउकोमा टेकेर एमाले अघि बढ्ने उद्घोष गरे ।
पोखरेलले समयमा नै ध्यान दिन नसके प्राप्त गरेका उपलब्धीहरू खोसिन सक्ने भन्दै यसबारे सचेत हुन जरुरी रहेको बताए । त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनका नाममा राजनीतिक दलका कार्यालय माथि गरिएको आक्रमण लोकतन्त्रलाई कमजोर पार्ने सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरे ।
राजनीतिक दलका नेता कार्यकर्तालाई छानिछानी उनीहरूका निजी सम्पत्तिमा क्षति पुर्याउने काम लोकतन्त्र विरोधी क्रियाकलाप भएको उनले बताए । नवयुवाको नाममा घुसेकाहरूले लोकतन्त्र समाप्त गर्ने योजना अनुसार गरेको काम गरेको उनको दाबी छ ।
उनले नेपालको संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताउँदै त्यस प्रति गर्व गर्नुपर्ने बताए । सही विचारको जगमा उभिएको पार्टी कहिल्यै कमजोर नहुने बताउँदै उनले एमाले फेरी उठ्ने दाबी गरे ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












