दुई महिनापछि नेपाल आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर !
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरोले पन्छाएसँगै उत्तरी चीन जोड्ने तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्ग सञ्चालनमा आएसँगै दशैँ–तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौं भित्रिन थालेका छन् । सोमबार करिब ५ बजे एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि ८–१० वटा सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका छन् ।
१५ सय बढी कन्टेनर अझै चीनतर्फ अड्किएका छन् । गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो पहिरो खसेदेखि अरनिको राजमार्ग सञ्चालन हुन सकेको छैन । सडक खुलाइए पनि जोखिम कायमै रहेकाले क्रमशः सुधार गर्दै लैजाने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन ।
वि.सं. २०७२ को भूकम्पले जमिन नराम्ररी चर्किएको कोदारी क्षेत्रमा जतिपटक सडक खुलाए पनि पहिरो झर्ने समस्या दोहोरिइरहने गरेको छ। त्यहाँको पहिरोको दीर्घकालीन समाधानका लागि सडक विभागले भूगर्भविद्हरू खटाएर माटो परीक्षण गरिरहेको छ । भूगर्भविद्हरूले दिएको रिपोर्टका आधारमा दीर्घकालीन समाधान खोजिने सडक विभागको तयारी रहेको छ ।
उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न सकिएको छैन । त्यहीकारण मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट पनि सामान बोकेका कन्टेनर काठमाडौंतर्फ आउन थालेका छन् ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












