दुई महिनापछि नेपाल आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर !
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरोले पन्छाएसँगै उत्तरी चीन जोड्ने तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएको छ ।
राजमार्ग सञ्चालनमा आएसँगै दशैँ–तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौं भित्रिन थालेका छन् । सोमबार करिब ५ बजे एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि ८–१० वटा सवारीसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका छन् ।
१५ सय बढी कन्टेनर अझै चीनतर्फ अड्किएका छन् । गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो पहिरो खसेदेखि अरनिको राजमार्ग सञ्चालन हुन सकेको छैन । सडक खुलाइए पनि जोखिम कायमै रहेकाले क्रमशः सुधार गर्दै लैजाने सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीले बताएका छन ।
वि.सं. २०७२ को भूकम्पले जमिन नराम्ररी चर्किएको कोदारी क्षेत्रमा जतिपटक सडक खुलाए पनि पहिरो झर्ने समस्या दोहोरिइरहने गरेको छ। त्यहाँको पहिरोको दीर्घकालीन समाधानका लागि सडक विभागले भूगर्भविद्हरू खटाएर माटो परीक्षण गरिरहेको छ । भूगर्भविद्हरूले दिएको रिपोर्टका आधारमा दीर्घकालीन समाधान खोजिने सडक विभागको तयारी रहेको छ ।
उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न सकिएको छैन । त्यहीकारण मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट पनि सामान बोकेका कन्टेनर काठमाडौंतर्फ आउन थालेका छन् ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












