मन्त्री बन्न ठिक्क परेकी मिश्रलाई अख्तियारले नभई स्वार्थ समूहले रोकेको खुलासा !
काठमाडाैं । स्वास्थ्यमनमन्त्रीका लागि सिफारिस भएर अन्तिममा रोकिएकी डा. संगिता मिश्रमाथि ठूलो मिडिया ट्रायलका साथै दलाली भएको खुलासा भएको छ ।
अख्तियारलाई देखाएर स्वार्थ समूहले मिश्रको मन्त्री बन्ने बाटो रोकेको अख्तियार स्रोतले नै पुष्टी गरेको छ ।
‘कोविरुद्ध अनुसन्धान हुँदैछ र कस्तो अनुसन्धान हुँदैछ भन्ने कुरा अत्यन्तै गोप्य रहन्छ । कुनै व्यक्तिमाथिको अनुसन्धान हामीले सरकारलाई यो वा त्यो भनेर जानकारी गराउने कुरा पनि होइन् । संवैधानिक अंगले स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने र अभियोजनको बेला सबै कुरा सार्वजनिक हुने हो । तर, मिश्रको हकमा यसको विपरित मिडिया ट्रायलदेखि स्वार्थ समूहले मुद्दा चल्ने अन्तिम चरणमा पुगेको दाबी गरिदिए । यो सर्वथा गलत छ ।’ न्यूज नेपालसंग अख्तियारका एक उच्च अधिकारीले भने ।
‘मिश्रविरुद्ध अुसन्धान चलेको सत्य हो । तर, दुई वटा विषयमा चलिरहेका अनुसन्धान बलियो प्रमाण र आधारसहितका छैनन् । यहि विषयका कारण मन्त्री बन्ने बाटो रोक्न अख्तियारले भूमिका खेलेको भनेपछि यति भनिदिए । बाँकी कुरा त खुल्दै जाला ।’ आक्रोशित मुद्राका ती अधिकारीले भने ।
मिश्र स्वास्थ्यमन्त्रीका लागि नियुक्त गर्न भन्दै राष्ट्रपति रामचन्द्र पाैडेलसमक्ष सिफारिस भएपनि अन्तिममा स्वार्थ समूह रोक्न सफल भएको हो ।
उच्च स्रोतका अनुसार नेपालको जेनजी आन्दोलनमा भारतको ठूलो हात रहेपनि सरकार निर्माणदेखि अन्य विषयमा अमेरिका र पश्चिमा हाबी हुन पुगेका छन् । यस्तो स्थितिमा मिश्र पश्चिमा र अमेरिकाको रोजाईमा नपरेपछि मन्त्री बन्नबाट बञ्चित हुन पुगेको स्रोतको दाबी छ । तर, मिश्रले आफ्नो देशलाई नै केन्द्रमा राखेर काम गर्ने चाहना राख्दा पहिले पनि कांग्रेसका महामन्त्री गगन थापा, तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पाैडेल र मिश्रलाई मिचेर सचिव बन्न सफल भएका डा. विकास देवकोटा लगायतले विदेशी शक्तिको आडमा वितण्डा मच्चाएको बताइन्छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












