ताजा समाचार

कांग्रेसले यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने !

काठमाडौं। नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने नेपाली कांग्रेसले जनाएको छ ।

नेपाली कांग्रेसले यसलाई ‘नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुःखद घटना’को रुपमा लिएको जनाएको छ ।

त्यसैले यस्तो अवस्थामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने निर्णय लिइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विक्रम संवत् २०३३ सालमा बी.पी.कोइराला भारत निर्वासनबाट ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’ लिई स्वदेश फर्किएको दिनको स्मरण गर्दै हरेक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान प्रदान गर्दै आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org