जेनजीप्रति समर्पित प्रधानमन्त्री कार्कीको दशैं टीका सुतकले रोकिएको खुलासा
काठमाडाैं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने निर्णय किन गरिन ? के जेनजी आन्दोलनमा भएको युवाहरुको मृत्युको शोकमा हो ? तथ्यले अर्कै मोड लिएको छ ।
प्रधानमन्त्री कार्कीको परिवारमा (श्रीमान दुर्गा सुवेदी) मा नजिकको नातेदारमा सुतक (सुत्केरो) परेकाले दशैंको टीका लगाउन नमिल्ने स्थिति सिर्जना भएपछि उनले चलाखीपुर्वक जेनजी युवाहरुप्रति समर्पित गरेको दाबी गरेकी हुन् ।
प्रधानमन्त्रीको सचिवालयले जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका युवाहरुको शोकमा टिका जरा नलगाउने निर्णय गरेको दाबी गरेपनि सुतकका कारण टीका रोकिएको स्रोतले जनाएको छ ।
सम्बन्धित समाचार शीर्षकः प्रधानमन्त्री सुशीला कार्कीले दशैंको टीका नलगाउने
न्यूज नेपालको सम्पर्कमा आएका सुवेदी परिवारको नजिकका आफन्तले भने, ‘अहिले हाम्रो दशैंको टीका हुन्न । परिवारमा सुतक पर्यो । सुतकमा टीका लगाउने कुरा भएन् । अन्तरिम प्रधानमन्त्रीलाई पनि यसले ठूलो लाभ दियो । हुनेलाई औशीको रातमा जुनकिरीले नै उज्यालो दिन्छ भन्छन् नी, त्यस्तै भयो । उहाँ (सुशीला कार्की) भाग्यमानी पनि त हो नि ।’
संवैधानिक सर्वोच्चता र सरकार निर्माणमा संविधानको धारा ७६ बाहिरको कुरा लागू नहुने भन्दै वकालत गर्ने गरेकी कार्की आफै आवश्यकताको सिद्धान्त (Doctrine of Necessity) को बिल्ला भिराएर प्रधानमन्त्री बनेदेखि नै उनीमाथि नैतिक प्रश्नले घेर्न थालिएको छ ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












