ताजा समाचार

जेन–जी आन्दोलनमा उत्तर पुस्तिका जल्याे, पुनःपरीक्षा लिने त्रिबिकाे तयारी !

काठमाडौं । गत भदौ महिनाको २२ र २३ गतेको जेन–जी आन्दोलनमा उत्तर पुस्तिका नष्ट भएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको पुनःपरीक्षा सञ्चालन गर्ने भएको छ ।

अनारमनी (झापा), चन्द्रनिगाहपुर (रौतहट) र नारायणपुर(दाङ) केन्द्रका परीक्षा रद्द गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उल्लेखित जिल्लहरुको इलाका प्रहरी कार्यालयमा तोडफोड र आगजनी हुँदा त्यहाँ राखिएका उत्तर पुस्तिका नष्ट भएकाले पुनः परीक्षा सञ्चालन गर्नुपर्ने भएको हो ।

परीक्षाको समय तालिका पछि तोकिने कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । यी परीक्षा केन्द्रहरूमा भदौ २२ र २३ गते लिइएका परीक्षाका उत्तर पुस्तिका नष्ट भएकाले परीक्षा रद्द गरिएको कार्यालयले जनाएको छ ।

स्नातक तह दोस्रो वर्षको आंशिक र मौका परीक्षाका उत्तर पुस्तिका नष्ट भएका हुन् । करिब साढे छ सय विद्यार्थीका उत्तर पुस्तिका नष्ट भएको अनुमान गरिएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org