नेपाल अझै पनि एफएटीएफको ‘ग्रे लिस्ट’मा, सुधार प्रयास अपर्याप्त
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) नियन्त्रणको प्रभावकारिता मूल्याङ्कन गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाल अझै पनि निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’मै रहेको जनाएको छ।
शुक्रबार सम्पन्न एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्यमा नेपालले केही सुधारका कदम चालेको भए पनि ती प्रयास अझै पर्याप्त नभएको र थप रणनीतिक सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।
नेपालले सन् २०२५ फेब्रुअरीमा एफएटीएफ र एसिया प्यासिफिक ग्रुप (एपीजी) सँग सम्पत्ति शुद्धीकरण नियन्त्रण प्रणाली सुदृढ बनाउन उच्चस्तरीय राजनीतिक प्रतिबद्धता जनाएको थियो। तर, एफएटीएफका अनुसार नेपालले अझै ठोस कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने देखिएको छ।
संस्थाले नेपाललाई वित्तीय र गैर–वित्तीय क्षेत्रहरू — जस्तै वाणिज्य बैंक, सहकारी संस्था, क्यासिनो, गहना पसल, घरजग्गा कारोबार — मा जोखिम मूल्याङ्कन गरेर सुधारका उपाय लागू गर्न सुझाव दिएको छ। साथै, हुण्डी र अन्य अवैध कारोबार पहिचान तथा नियन्त्रण, सम्पत्ति शुद्धीकरण मामिला हेर्ने निकायको क्षमता वृद्धि, अनुसन्धान र अभियोजन प्रक्रियालाई मजबुत बनाउनुपर्ने औंल्याएको छ।
गत फागुनमा नेपाल एफएटीएफको ‘ग्रे लिस्ट’मा परेको थियो। कानूनी सुधार भए पनि व्यवहारिक कार्यान्वयन कमजोर भएको, अनुसन्धान तथा अभियोजन फितलो देखिएको कारण नेपाल उक्त सूचीमा समावेश गरिएको थियो। नेपाल यसअघि सन् २०१४ मा ग्रे लिस्टबाट बाहिरिएको थियो।
तीन वर्षअघि एपीजीले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी वित्तीय लगानीसम्बन्धी पारस्परिक मूल्याङ्कन प्रतिवेदन तयार गरी एफएटीएफमा बुझाएको थियो। त्यसपछि सन् २०२३ मा एफएटीएफले नेपाललाई एक वर्षको निगरानी अवधि दिएको थियो, जसमा ४० वटा सुधारका क्षेत्र उल्लेख थिए। तर, सो अवधिमा पनि पर्याप्त सुधार नदेखिएपछि नेपाल पुनः ग्रे लिस्टमा परेको हो।
एफएटीएफले नेपालका कमजोरीका रूपमा गैर–वित्तीय क्षेत्र नियमनमा ढिलाइ, आतङ्ककारी वित्तीय लगानी ‘ट्र्याकिङ’ गर्न नसक्नु, कानूनी कार्यान्वयनमा कमजोरी, र नियामकीय निकायहरूको सीमित स्रोत तथा क्षमता अभावलाई औंल्याएको छ।
हाल नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको नियमन गर्छ, तर गैर–वित्तीय पेशा–व्यवसायका लागि छुट्टै नियामक निकाय अझै बनेको छैन। बैंकहरूमा पनि लाभसहितको स्वामित्व र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको लगानीबारे पारदर्शिता अभाव रहेको बताइएको छ।
विशेषज्ञहरूका अनुसार ग्रे लिस्टमा पर्नुले नेपालप्रति अन्तर्राष्ट्रिय वित्तीय विश्वास घटाउने खतरा बढाउँछ। यसले बैंकिङ प्रणाली, वैदेशिक व्यापार, लगानी र विप्रेषण प्रणालीमा असर पार्छ। विदेशी सहायता तथा प्रत्यक्ष लगानीमा गिरावट आउन सक्छ, जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ।
अन्ततः, अनौपचारिक अर्थतन्त्र विस्तार भई वित्तीय र मौद्रिक नीतिहरूको प्रभावकारिता घट्ने, आर्थिक स्थायित्व कमजोर हुने र दीर्घकालीन विकासमा अवरोध उत्पन्न हुने चेतावनी विज्ञहरूले दिएका छन्।
एफएटीएफको उक्त बैठकमा नेपालसँगै अल्जेरिया, अङ्गोला, बुल्गेरिया, बुर्किना फासो, केन्या, दक्षिण अफ्रिका, भेनेजुएला लगायत देशहरूको मूल्याङ्कन गरिएको थियो। समीक्षा पश्चात् बुर्किना फासो, मोजाम्बिक, नाइजेरिया र दक्षिण अफ्रिकालाई ग्रे लिस्टबाट हटाइएको छ, जबकि नेपाल भने अझै पनि सो सूचीमै कायम छ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











