ताजा समाचार

नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै,आयोगमा दर्ता हुने दलको सङ्ख्या १२६ पुग्याे !

काठमाडौं । निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि दिएको समय आज सकिँदै छ ।

आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले तोकेको समय अविधि आज साँझ सकिँन लागेको हो । तर आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।

निर्वाचन आयोगका अनुसार हाल आधिकारिकता पाउने दलको सङ्ख्या १२६ पुगिसकेको छ । जम्मा सङ्ख्याको टुङ्गो आज साँझ लाग्ने छ । यसैगरी, आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न भनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org