पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ ।
एमाले अध्यक्ष केपी ओली निकट मानिने बस्नेतले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षको बलियोउपस्थितिलाई काउन्टर दिएर ओलीको प्यारो बन्न खोज्दा धक्कामुक्कीमा परेका हुन् ।
फर्जी मत हाल्न लागिएको आरोप लगाउदै ओलीसम्म यो सन्देश पुर्याउनका लागि झगडामै उत्रिएका बस्नेतले आफू सक्रिय रहेको जगाउ दिन खोजेका थिए । तर, अर्को पक्षले उनलाई अनावश्यक बखेडा झिकेको भन्दै प्रतिवाद गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।
गुन्डागर्दी गर्दै आफूलाई हसली नेता ठान्ने बस्नेतलाई जताकतै चुनाैती दिनेक्रम बढेको छ । उसोतः जेनजी आन्दोलनको बेला समेत बस्नेत भागेका थिए । पार्टी कार्यालय जल्दा समेत लुकेका बस्नेत पार्टीभित्रका चरित्रवान नेताको अपमान गर्ने र धाकधम्की दिने गर्नेमा समेत पर्छन् ।
पर्शुराम बस्नेतले गुन्डागर्दी शैलीलाई भने छाडेका छैनन् । उनले केहि पहिले कांग्रेस निकटका अर्का गुन्डा नाइके अभिषेक गिरीलाई विमानस्थलमा भेटेको विषयलाई समेत प्रचार गर्दै आफू उनीसंग मिलेको दाबी गरेका थिए । तर, बस्नेतले गिरीको डरका कारण शरण माग्न पुगेको बताइन्छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












