पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते गर्ने सर्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुग्ने अवसर पाएका छन् ।
विवादास्पद छवीका सचिव निराैलाले पशुपति क्षेत्र विकास समिति र नेपाल एयरलाइन्समा आदर्शले भनेको व्यक्तिलाई नियुक्ति दिलाउने सर्तमा पर्यटनमन्त्रालयको सचिवमा सरुवा लिएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गर्दा निराैलाले प्रधानमन्त्री कार्कीका स्वकिय सचिवलाई प्रभावमा पारेको खुल्न आएको छ ।
सचिव निराैला यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार आरोप लाग्दा समेत बचाउने भन्दै अनेक ठाँउ र शक्तिकेन्द्रमा धाउने गर्थे । यस्तै, संघीय मामिला सचिव हुँदा पनि कर्मचारीको सरुवा बढुवादेखि होटेलमा मस्ती गरेको रकम स्थानीय तहका कार्यकारीलाई जबरजस्ती तिर्न लगाउने काम गर्ने गरेको स्रोतको दाबी छ ।
जहाँ कार्यक्षेत्र बनाएर पुग्यो त्यहि विवादमा आउने सचिव निराैला दरबारमार्गमा मदिराले लठ्ठिएर अनेक प्रलोभन दिदै गरि भेटिन्थे । २५ डिसेम्बर २०२४ मा समेत दरबारमार्गस्थित ओरियन्ट क्याफेमा निराैलाले प्रहरीका केहि अधिकारीलाई आफू गृहसचिव बन्न लागेको भन्दै हाँक समेत दिने गर्थे ।
निराैलाले प्रहरीलाई मात्रै नभई श्रम मन्त्रालयमा हुँदा म्यानपावर व्यवसायीलाई धम्क्याउने, होटेलको बिल तिर्न लगाउने जस्ता काम गर्ने गरेको आरोप लाग्ने गरेको थियो । उनले सार्वजनिक खरिदमा हुँदा ठकेदारलाई धम्क्याउने गरेका उनी जहाँ पुग्यो त्यहि बबण्डर गर्ने गरेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...











