पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते गर्ने सर्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुग्ने अवसर पाएका छन् ।
विवादास्पद छवीका सचिव निराैलाले पशुपति क्षेत्र विकास समिति र नेपाल एयरलाइन्समा आदर्शले भनेको व्यक्तिलाई नियुक्ति दिलाउने सर्तमा पर्यटनमन्त्रालयको सचिवमा सरुवा लिएका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गर्दा निराैलाले प्रधानमन्त्री कार्कीका स्वकिय सचिवलाई प्रभावमा पारेको खुल्न आएको छ ।
सचिव निराैला यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार आरोप लाग्दा समेत बचाउने भन्दै अनेक ठाँउ र शक्तिकेन्द्रमा धाउने गर्थे । यस्तै, संघीय मामिला सचिव हुँदा पनि कर्मचारीको सरुवा बढुवादेखि होटेलमा मस्ती गरेको रकम स्थानीय तहका कार्यकारीलाई जबरजस्ती तिर्न लगाउने काम गर्ने गरेको स्रोतको दाबी छ ।
जहाँ कार्यक्षेत्र बनाएर पुग्यो त्यहि विवादमा आउने सचिव निराैला दरबारमार्गमा मदिराले लठ्ठिएर अनेक प्रलोभन दिदै गरि भेटिन्थे । २५ डिसेम्बर २०२४ मा समेत दरबारमार्गस्थित ओरियन्ट क्याफेमा निराैलाले प्रहरीका केहि अधिकारीलाई आफू गृहसचिव बन्न लागेको भन्दै हाँक समेत दिने गर्थे ।
निराैलाले प्रहरीलाई मात्रै नभई श्रम मन्त्रालयमा हुँदा म्यानपावर व्यवसायीलाई धम्क्याउने, होटेलको बिल तिर्न लगाउने जस्ता काम गर्ने गरेको आरोप लाग्ने गरेको थियो । उनले सार्वजनिक खरिदमा हुँदा ठकेदारलाई धम्क्याउने गरेका उनी जहाँ पुग्यो त्यहि बबण्डर गर्ने गरेको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












