ताजा समाचार

युवा नेता उमेश आचार्यले एमाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने !

काठमाडौं । नेकपा एमालेका युवा नेता उमेश आचार्यले पार्टीको ११औं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

बि.स.२०५८ सालमा अस्कल क्याम्पस कमिटी सदस्यका रूपमा अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरेका आचर्य हाल नेकपा एमाले निकट भूमि अधिकार तथा श्रमिक संगठनका केन्द्रिय महासचिव हुन्।

आचार्यले, विद्यार्थी राजनीतिक यात्राका दौरान अनेरास्ववियु त्रि–चन्द्र क्याम्पस कमिटी अध्यक्ष, केन्द्रिय कमिटी सचिवालय सदस्य, अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्ष तथा बाग्मती प्रदेश कमिटी इन्चार्जको जिम्मेवारी सम्हाल्दै संगठनभित्र महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

पार्टीभित्र संगठन निर्माण, विद्यार्थी–युवा परिचालन र श्रमिक हकहितका विषयमा सक्रिय भूमिका खेलेका आचार्यले आगामी महाधिवेशनमा थप जिम्मेवारीका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्। पार्टीभित्र उनी सक्षम, अनुशासित र योजनाबद्ध युवा नेताका रूपमा हेरिने गरिएको छ।

नेकपा एमालेको ११ औं महाधिवेशन आगमी मंसिर २७ गतेदेखि मंसिर ३० गतेसम्म आयोजना हुँदैछ । गत जेनजी अान्दाेलन पछि राजनीतिक नेतृत्वमा युवाहरूकाे सहभागीताकाे विषय जाेडदार रूपमा उठ्दै गर्दा अाचार्यकाे उम्मेद्वारीलाइ चासाेका साथ हेरिएकाे छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org