ताजा समाचार

एमाले महाधिवेशन : यी हुन् सुनिता डंगोलसहित मनोनीत १०८ प्रतिनिधि

काठमाडौँ । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन भएकी छन् ।

एमालेको शुक्रबार बसेको सचिवलयले ११ औं महाधिवेशनमा सहभागी हुने १०८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि परेकी हुन् ।

कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १०८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् ।

डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट मनोनीत भएकी हुन् । एमाले महाधिवेशन अहिले केही बेरमा भक्तपुरको सल्लाघारीस्थित चौरमा उद्घाटन गरिँदै छ । त्यसअघि अहिले जुलुस निकालिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org