हाइकिङ गएका भारतीय राजदूतलाई सेनाले हेलिकप्टरबाट किन गर्याे उद्धार ?
काठमाडौं । काठमाडौँको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा अचानक बिरामी भएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको मुटुको अपरेसन गरिएको छ।
राजदूत श्रीवास्तवको धापासीस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। उनको इन्टेन्सिभ केयर युनिटमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
अस्पताल स्रोतका अनुसार राजदूत श्रीवास्तवको मुटुको देब्रे नशामा हर्टअट्याक’ भएको हो। मुटुमा स्टेन राखेर ब्लकेज खोलिएको छ।
भारतीय दूतावास स्रोतका अनुसार हाइकिङकै क्रममा राजदूत श्रीवास्तव एक्कासी अचेत भएर ढलेका थिए। अवस्था गम्भीर बनेपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्याइएको थियो।
राजदूत ढलेर बेहोस भएको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी निरीक्षकको नेतृत्वमा दुई दर्जन सुरक्षाकर्मी भस्मेसुर डाँडातर्फ गएका थिए। टोलीमै रहेका एक सुरक्षाकर्मीका अनुसार राजदूत रहेको ठाउँ भेट्न गाह्रो भएको थियो।
‘भिर पहरा अनि जंगल रहेछ। लोकेसनमा पुग्न केही समय लाग्यो,’ ती सुरक्षाकर्मीले भने, ‘हामीले भेट्दा उहाँ बेहोस हुनुहुन्थ्यो।’
बेहोस अवस्थामा अस्पताल पुर्याइएका उनलाई हर्टअट्याक भएको र ब्लक भएको एउटा नसाको अपरेसन सफल भएको अस्पतालले जनाएको छ। सर्जरीपछि उनको स्वास्थ्य अवस्था स्थिर छ।
हाइकिङका क्रममा दूतावासका दुई जना अफिसर पनि उनको साथमा थिए।
Comments
अरु समाचार
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...












