नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको छ ।
काठमाण्डौको याक एण्ड यति होटलमा यस अवसरमा एउटा भव्य कार्यक्रममार्फत दुई देशबीचको सम्बन्धलाई स्मरण गरिएको छ ।
वि.सं. २०१२ साउन १९ गते तदनुसार १९५५ अगष्ट ३ तारिखका दिन औपचारिक रुपमा स्थापना भएको उक्त सम्बन्धले सात दशक पार गरेको अवसरमा काठमाडौंस्थित चिनियाँ दूतावासले ठूलो जमघटको आयोजना गरेको हो ।
भर्खर नयाँ जिम्मेवारी सम्हाल्न आइपुगेका कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) चौ पानको निम्तो मान्न नेपाल सरकारका मन्त्री, संवैधानिक अङ्गका पदाधिकारीहरु, सचिवलगायत सरकारी उच्च अधिकारीहरु,विभिन्न कूटनीतिक नियोगका कर्मचारीहरु, नागरिक समाजका अगुवा, सुरक्षा प्रमुखहरु, विभिन्न मैत्री संघ, संगठनका प्रतिनिधि तथा सञ्चारकर्मी र विभिन्न क्षेत्रमा कार्यरत चिनियाँ नागरिकहरुको उपस्थिति थियोे ।
यसबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्वन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ भने दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सञ्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ । गत हप्ता मात्रै पनि चौथो नेपाल चाइना सन्चार सम्मेलन सम्पन्न भएको छ । यसवीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवर्धन गर्ने उध्देश्यसहित “विश्व अमूर्त सांस्कृतिक धरोहर”प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।
बर्षभरी जसो विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामुलक कार्यक्रमहरू समेत आयोजना गरिएको र यो क्रम आउँदो बर्ष अझ बिस्तार हुने समेत बुझिएको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












