कुलमानको नाम लिँदै प्रभाव जमाउँदै हेमान !
काठमाडाैं । सिरहातिर घर भएका एमालेका एक कार्यकर्ताले यतिबेला ऊर्जासमेत तीन मन्त्रालय सम्हालेका कुलमान घिसिङको नाम लिएर सिंहदरबार क्षेत्रमा आतंक मच्चाएका छन् ।
खासगरी ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणमा हेमान मोक्तानले कुलमानको नाम बेचेर दबाब दिने र प्रभुत्व जमाउन खोज्ने गरेको कर्मचारीहरू बताउँछन् ।
हेमान मोक्तान फाउन्डेसन नामको संस्था खोलेर विदेशमा रहेका नेपालीसमेतबाट सहयोग जुटाएर त्यसमा अनियमितताको आरोप लागेका हेमानले नेपाल विद्युत प्राधिकरणको स्मार्ट मिटर सप्लाइको सबै काम आफूले हात पार्न खोजेका छन् ।
उता उर्जामन्त्री बन्नुअगावै आफ्नो जन्मदिनमा कुलमान घिसिङलाई बोलाउने र फोटो खिचेर कुलमान दाइ आइदिएर मेरो जन्मदिन अविश्वमरणीय बनाइदिनू भएको भन्दै सामाजिक सञ्जालमा लेखेर उनीसँगको निकटता देखाइ त्यसलाई बजारीकरण गर्ने हेमानको दाऊ ऊर्जामन्त्रालयसँग सम्बन्धि ठेक्कापट्टाहरूमा रहेको छ ।
ठूलाबडाको घरमा जाँदा आफ्ना साझेदार युवतीहरूलाई साथै लिएर जाने हेमान जेनजी आन्दोलन अघि राजनीतिमा प्रवेशको तयारी स्वरूप विदेशमा रहेका नेपाली भेट्ने क्रममा कुवेत, ओमान, साउदी अरेबियालगायतका गल्फ मुलुकहरूमा कुलमान घिसिङसँगै गएका थिए ।
कुलमान घिसिङलाई गल्फ मुलुकहरूमा घुमाउने क्रममा हेमानले त्यहाँ रहेका नेपालीहरूबाट चन्दा उठाएर त्यसको दुरुपयोग गरेको खुल्न आएको छ । ‘अहिले पनि कुलमानसँग भेटघाट गराइदिने, काम मिलाइदिने’ भन्दै विदेशमा रहेका नेपालीहरूबाट हेमानले लाभ लिँदै आएको तथ्य खुलेको छ ।
मन्त्रीलाई हेमानले डुबाउन लागेको भनेर ऊर्जामन्त्रालयमा निक्कै चर्चा भइरहे पनि कुलमानले अझै त्यो यथार्थ बुझ्न सकेका छैनन् । सुशासनप्रति प्रतिवद्ध जेनजी आन्दोलनको जगमा बनेको सरकारका मन्त्री यस्ता ‘ब्रोकर’सँग नतमस्तक हुनुपर्ने कारण भने बुझ्न सकिएको छैन ।
यता, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपासँग एकताको नाममा विलय भएकोमा पनि उज्यालो नेपालवालाहरू भित्र अझै असन्तोष रहेको छ । खासगरी एकताको नाममा कुनै पनि अस्तित्व नरहने गरी बिलय हुनुपरेको भन्दै आफ्नै दलभित्र कुलमानको चर्को आलोचना भइरहेको छ । रास्वपाको समानुपातिकमा उज्यालोको रिमा विश्वकर्माबाहेक कोही पनि पर्ने गरी सिफारिस हुन नसकेको दोष कुलमानले पाएका छन् ।
कतिपय उज्यालो नेपाल पार्टीका कार्यकर्ताहरू कुलमान घिसिङका दाजू गणेश घिसिङले उज्यालो नेपाल पार्टीलाई रवि लामिछाने पत्नी निकिता पौडेललाई बेचेको आरोप लगाइरहेका छन् । रास्वपासँगको एकतामा कुलमानका विवादास्पद ठेकेदार दाजू गणेश घिसिङ हावी भएका थिए । उनले बारम्बार निकितासँग वार्ता गरेका थिए ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












