ताजा समाचार

प्रतिनिधिसभाको उम्मेदवारी तय गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठक माघ ४ गते, आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी केन्द्रीय समिति बैठक आह्वान भएको रास्वपाका  प्रवक्ता मनिष झाले बताएका छन् ।

उनका अनुसार, केन्द्रीय समिति बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका १६५ वटै क्षेत्रमा उम्मेदवार टुंगो लगाउने छ ।

निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम रहेको छ। त्यसका लागि निर्णय गर्न रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको हो।

त्यस्तै, आजै प्रतिनिधिसभाको उम्मेदवारी टनोटका विषयमा छलफल गर्न नेकपा एमालेले पनि सचिवालय बैठक बोलाएको छ । बैठक नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा बस्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org