सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा न्यून आर्थिक वृद्धि लक्ष्य हो । चीनले स्वदेश र विदेश दुवैतिरका चुनौतीहरूसँग जुधिरहेका बेला आफ्नो वार्षिक आर्थिक वृद्धिको लक्ष्य घटाएर ४.५ प्रतिशत देखि ५ प्रतिशतको दायरामा झारेको हो ।
प्रधानमन्त्री ली किआङले बिहीबार राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक बैठकको उद्घाटन सत्रमा १५ औं पञ्चवर्षीय योजनाका केही विवरणहरू पनि सार्वजनिक गरिएको छ। सोही बैठकमा सन् २०२६ का लागि कुल गार्हस्थ उत्पादनको लक्ष्य ४.५ देखि ५ प्रतिशत राखेको हो । सन् २०२५ मा यो लक्ष्य ५ प्रतिशत थियो ।
घटाइएको यो आर्थिक वृद्धिदरले चीनको आर्थिक सुस्ततालाई प्रतिबिम्बित गर्ने समेत अलजजिरामा उल्लेख छ । कुनै समय चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गा क्षेत्रको योगदान २५ देखि ३० प्रतिशतसम्म रहन्थ्यो । अहिले घरजग्गा क्षेत्रको पतनकै कारण आर्थिक सुस्तता आएको बताइएको छ ।
इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका चिनियाँ अर्थशास्त्री तियानचेन सुले भने, ‘यो वृद्धि लक्ष्य निकै यथार्थपरक छ।” उनले यो तथ्याङ्कले चीनको थप रूढीवादी वा सतर्क अपेक्षातर्फको झुकावलाई दर्शाएको छ ।’
सन् २०२३ मा आर्थिक वृद्धिको लक्ष्य घटाएर ‘करिब ५ प्रतिशत’ कायम गरिएयता यो पहिलो पटक हो जब यसलाई पुन: घटाइएको छ। सन् २०२० मा भने महामारीका कारण कुनै लक्ष्य निर्धारण गरिएको थिएन।
कमजोर उपभोग, घट्दो जनसंख्या, घरजग्गा क्षेत्रमा आएको संकट, विश्वव्यापी व्यापारिक तनाव र इरान युद्धका कारण सिर्जित ऊर्जा संकट जस्ता समस्याहरू सामना गरिरहेको बेइजिङले आफ्नो अर्थतन्त्रलाई नयाँ स्वरूप दिने लक्ष्य राखेको छ।
बेइजिङले प्रमुख उद्योगहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणहरू लागू गर्ने योजनाका साथ विश्वव्यापी प्राविधिक शक्तिकेन्द्र बन्ने आफ्नो महत्त्वाकांक्षालाई पनि स्पष्ट पारेको छ। चीनको लक्ष्य हरित ऊर्जा अभियानको नेतृत्व गर्ने, कार्बन उत्सर्जन घटाउने र वातावरणीय संरक्षणमा सुधार गर्ने समेत उल्लेख छ।
प्रतिवेदनका अनुसार, रोजगारी, शिक्षा र स्वास्थ्य सेवाका चिन्ताहरूलाई सम्बोधन गर्दै देशले ‘बच्चा-मैत्री समाज’ निर्माण गर्नेछ। चीनले वृद्धवृद्धाको बढ्दो संख्या र घट्दो जन्मदरको सामना गरिरहेको छ, जसले आफ्नो अर्थतन्त्रलाई गति दिने बेइजिङको योजनालाई जटिल बनाएको छ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













