ताजा समाचार

Breaking: ओली लेखक बिहीबार रिहा हुदै

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार रिहा हुने सम्भावाना देखिएको छ ।

सर्वोच्चको परमादेशपछि ओली लेखकविरुद्ध मुद्दा लैजाने तयारी पुरा नभएपछि बिहीबार हाजिरी जमानीमा रिहा हुने स्रोतले जनाएको छ ।

ओली र लेखकलाई बालेन्द्र साह सरकार गठन भएकै दिन रातभर सल्लाह गरेर पक्राउ गरिएको थियो । जिल्ला अदालतले तीन पटाक गरेर १२ दिनको म्याद थप गरेको अवस्थामा सर्वोच्चले परमादेश जारी गर्दै म्याद नथप्न भनेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयले ओली लेखकविरुद्ध मुद्दा लैजाने कुनै तयारी नभएकाले हाजिरी जमानीमा रिहा गर्ने दाबी गरेको छ । मुदा लैजान समय नपुग्ने भएकाले प्रहरीको प्रतिवेदन आएपनि अध्ययन गर्नै समय लाग्ने र अभियोजनसम्म जान समय नपुग्ने भएकाले रिहा हुने दाबी गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org