उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत, न्याय र कानुनसँग सम्बन्धित गतिबिधि समेटिएको छ ।
उच्च अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कामु मुख्य न्यायाधीश टेकनारायण कुँवरले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा आयोजना हुने न्यायिक सम्मेलनमा करिब १ हजार जनाको सहभागिता रहने बताए ।
मधेश प्रदेशका ८ जिल्लाकै न्यायाधीश, कानुन व्यवसायी, स्थानीय तहका प्रमुख–उपप्रमुख, न्यायिक समितिका सदस्य तथा सर्वसाधारणको सहभागिता रहने कुँवरले जानकारी दिए । ‘न्यायिक महोत्सवमा मिट द जज कार्यक्रममा सर्वसधारण र विद्यार्थीले न्यायाधीशसँग प्रत्यक्ष भेटघाट र संवाद गर्नेछन्,’ मुख्य न्यायाधीश कुँवरले भने,‘कानुनका विद्यार्थी र न्यायाधीश कार्यक्रमअन्तर्गत विद्यार्थीका लागि व्यवहारिक ज्ञान र अनुभव आदानप्रदान गरिनेछ ।’
कामु मुख्य न्यायाधीश कुँवरका अनुसार महोत्सवमा बार र बेन्च कार्यक्रममा कानुन व्यवसायी र अदालतबीचको समन्वय र सुधारका विषयमा छलफल हुनेछ । यस्तै, स्थानीय न्यायिक समिति र अदालत कार्यक्रममा पालिकाका न्यायिक समिति र अदालतबीचको कार्यगत सम्बन्धबारे अन्तरक्रिया गरिने कुँवरले जानकारी दिए । न्यायिक महोत्सवमा विभिन्न क्याम्पसको शैक्षिक स्टल, बिभिन्न सरकारी कार्यालयको सेवा र जानकारीमूलक स्टल र कानुनी पुस्तक र न्यायिक प्रक्रियाबारे जानकारी दिने प्रदर्शनी राखिने भएको छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव,...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...












