उच्च अदालत जनकपुरले शनिबार ‘न्यायिक महोत्सव’ आयोजना गर्दै
जनकपुर । उच्च अदालत जनकपुरले कानुन दिवसको अवसरमा शनिबार पहिलो पटक न्यायिक महोत्सवको आयोजना गर्दैछ । दिनभर चल्ने महोत्सवमा अदालत, न्याय र कानुनसँग सम्बन्धित गतिबिधि समेटिएको छ ।
उच्च अदालतले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कामु मुख्य न्यायाधीश टेकनारायण कुँवरले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा आयोजना हुने न्यायिक सम्मेलनमा करिब १ हजार जनाको सहभागिता रहने बताए ।
मधेश प्रदेशका ८ जिल्लाकै न्यायाधीश, कानुन व्यवसायी, स्थानीय तहका प्रमुख–उपप्रमुख, न्यायिक समितिका सदस्य तथा सर्वसाधारणको सहभागिता रहने कुँवरले जानकारी दिए । ‘न्यायिक महोत्सवमा मिट द जज कार्यक्रममा सर्वसधारण र विद्यार्थीले न्यायाधीशसँग प्रत्यक्ष भेटघाट र संवाद गर्नेछन्,’ मुख्य न्यायाधीश कुँवरले भने,‘कानुनका विद्यार्थी र न्यायाधीश कार्यक्रमअन्तर्गत विद्यार्थीका लागि व्यवहारिक ज्ञान र अनुभव आदानप्रदान गरिनेछ ।’
कामु मुख्य न्यायाधीश कुँवरका अनुसार महोत्सवमा बार र बेन्च कार्यक्रममा कानुन व्यवसायी र अदालतबीचको समन्वय र सुधारका विषयमा छलफल हुनेछ । यस्तै, स्थानीय न्यायिक समिति र अदालत कार्यक्रममा पालिकाका न्यायिक समिति र अदालतबीचको कार्यगत सम्बन्धबारे अन्तरक्रिया गरिने कुँवरले जानकारी दिए । न्यायिक महोत्सवमा विभिन्न क्याम्पसको शैक्षिक स्टल, बिभिन्न सरकारी कार्यालयको सेवा र जानकारीमूलक स्टल र कानुनी पुस्तक र न्यायिक प्रक्रियाबारे जानकारी दिने प्रदर्शनी राखिने भएको छ ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













