टर्किस एयरलाइन्सको विमानमा आगो, यात्रु सबै सुरक्षित
काठमाडाैं । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएपछि दमकलको प्कोरयोग गरेर आगो निभाइएको छ ।
विमानको पाङ्ग्रातर्फ आगो देखिएपछि दमकल प्रयोग गरेर तुरुन्त नियन्त्रणमा लिइएको विमानस्थलले जनाएको छ। यात्रुहरूलाई इमर्जेन्सी ढोकाबाट सुरक्षित रूपमा उद्धार गरिएको थियो र सबै यात्रु सकुशल रहेका छन्।
विमानमा ४ बालबालिकासहित २७७ यात्रु सवार थिए र सबै सुरक्षित रहेका छन्। घटनापछि विमानस्थल सुरक्षा तथा प्राविधिक टोलीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
धावनमार्गमै रहेको विमानलाई प्राविधिले अध्ययन गरेपछि पन्छाइएको छ। केहिबेर विमानस्थल बन्द हुन पुगेको थियो भने अहिले विमानस्थल सुचारु भइसकेको छ।
यो सन् २०२६ भित्र काठमाडौंसँग सम्बन्धित टर्किस एयरलाइन्सको दोस्रो ठूलो प्राविधिक आपत्कालीन घटना हो। यसअघि फेब्रुअरीमा काठमाडौंबाट इस्तानबुल जाँदै गरेको उडानको दाहिने इन्जिनमा टेकअफपछि आगोको संकेत देखिएपछि विमानलाई कोलकाता डाइभर्ट गरिएको थियो। त्यस घटनामा पनि सबै यात्रु सुरक्षित थिए।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













