गैरकानुनी सम्पत्ति छानबिनका लागि आयोगको सार्वजनिक सूचना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान गरेको छ। आयोगले सार्वजनिक सूचना जारी गर्दै अस्वाभाविक ढंगले सम्पत्ति आर्जन गरेका सार्वजनिक पदाधिकारी, कर्मचारी तथा अन्य व्यक्तिबारे प्रमाणसहित जानकारी उपलब्ध गराउन आग्रह गरेको हो।
आयोगद्वारा जारी सूचना अनुसार, सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी, कर्मचारी वा उनीहरूका परिवारका सदस्य तथा नातासम्बन्ध भएका व्यक्तिको नाममा स्वदेश तथा विदेशमा राखिएको शंकास्पद सम्पत्तिबारे उजुरी दिन सकिने व्यवस्था गरिएको छ।
आयोगले उजुरी दिँदा सम्बन्धित व्यक्तिको नाम, ठेगाना, सम्पर्क विवरण तथा उपलब्ध प्रमाणसमेत उल्लेख गर्न अनुरोध गरेको छ। उजुरी आयोगमा स्वयं उपस्थित भएर, हुलाकमार्फत वा इमेलमार्फत पठाउन सकिने सूचनामा उल्लेख छ।
आयोगले उजुरीकर्ताको नाम, ठेगाना र व्यक्तिगत विवरण गोप्य राखिने पनि जनाएको छ।
सम्पत्ति छानबिन आयोगको कार्यालय केशरमहल, काठमाडौंमा रहेको छ। आयोगले उपलब्ध गराएको सूचनाअनुसार उजुरी सम्बन्धी थप जानकारीका लागि आयोगको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












