ताजा समाचार

सोमबारका लागि सर्‍यो एमाले सचिवालय बैठक

काठमाडाैं । नेकपा एमालेको सचिवालय बैठक सोमबारलाई सारिएको छ।

शनिवारका लागि डाकिएको सचिवालय बैठक नेताहरुको कार्यव्यस्तताका कारण सोमबार बस्ने गरि सारिएको जनाइएको छ।

जेठ ३ गते आइतबार मदन आश्रित जयन्तीको तयारीमा हुने विविध कार्यक्रममा नेताहरु व्यस्त हुनुपर्ने भएकाले बैठक सरेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

एमालेमा केपी ओलीलाई अध्यक्षबाट हटाउनुपर्नेदेखि पार्टी पुनर्गठन गर्ने विषयमा समेत चर्को बहस चलिरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org