ताजा समाचार

मनोज श्रीमानको काम आजै फत्ते

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्मालाई आजै प्रधानन्यायाधीशमा नियुक्त गर्ने गरि संसदीय सुनुवाई अघि बढ्ने भएको छ।

शर्माविरुद्ध परेको उजुरी आजै बिहान ८ बजे खोल्ने संसदीय सुनुवाइ समितिको तयारी तीब्र बनेको छ। यस्तै, समितिले बिहान १० बजे उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका पनि तय गरेको छ।

उजुरीमाथिको छलफल सकिएलगत्तै आजै शर्माको अनुमोदन प्रक्रिया टुंग्याउने तयारी गरिएको स्रोतले जनाएको छ। सत्ता गठबन्धनका दल रास्वपाले सर्वोच्च अदालतमा पछिल्लो समय देखिएको नेतृत्व संकट अन्त्य गर्न छिटो निर्णयमा जोड दिएको बताइएको छ। सर्वोच्चमा वरियता मिचिएपछि तनाव बढेको छ।

सुनुवाइ समितिबाट अनुमोदन भएमा आजै राष्ट्रपतिबाट शर्मालाई नेपालको ३२औँ प्रधानन्यायाधीशका रूपमा नियुक्त गर्ने तयारीसमेत अघि बढाइएको छ।

नेपालको न्यायिक इतिहासमा पहिलो पटक यसरी कर्मकाण्डी ढंगले अनुमोदनको तयारी गरिएको हो। सरकारले मुद्दा फर्छ्यौटको गलत तथ्याङ्क दिएर शर्मालाई प्रधानन्यायाधीशमा अघि बढाएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org