ताजा समाचार

मनोज श्रीमानको संसदीय सुनुवाई शुरु, के गरिदैछ?

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिमा प्रधानन्यायाधीशका लागि प्रस्तावित मनोज शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु भएको छ । समितिको आज बसेको बैठकमा शर्माविरुद्ध परेका उजुरीहरू खोल्दै छलफल अघि बढाइएको हो।

समितिले प्रस्तावित उम्मेदवार शर्मामाथि प्राप्त उजुरी तथा सुझावहरूको अध्ययन गर्दै सुनुवाइ प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत उजुरीकर्ताले उठाएका विषय, उम्मेदवारको योग्यता, कार्यक्षमता तथा आचरण सम्बन्धी पक्षमा समितिले छलफल गर्ने भनिएको छ ।

सुनुवाइ समितिबाट अनुमोदन भएमा आजै राष्ट्रपतिबाट शर्मालाई नेपालको ३२औँ प्रधानन्यायाधीशका रूपमा नियुक्त गर्ने तयारीसमेत अघि बढाइएको छ।

नेपालको न्यायिक इतिहासमा पहिलो पटक यसरी कर्मकाण्डी ढंगले अनुमोदनको तयारी गरिएको हो। सरकारले मुद्दा फर्छ्यौटको गलत तथ्याङ्क दिएर शर्मालाई प्रधानन्यायाधीशमा अघि बढाएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org