प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ।
संसदीय दलको बैठकमा कारबाही गर्नुपर्ने माग गरिएका सांसदद्वय घनश्याम र रामेश्वर चौधरी नाउपाभित्रको विवादका बेला तत्कालीन संरक्षक रेशमलाल चौधरीको पक्षमा उभिदै आएका थिए । तर, पछि रञ्जितासँगै नेकपामा आएका हुन् ।
नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल सहभागी भएको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा दुई सांसद अनुपस्थित भएपछि पार्टीभित्र कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ ।
शीर्ष नेतृत्वको उपस्थितिमा आयोजित बैठकलाई पार्टी एकता पछिको शक्ति प्रदर्शन र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो। बैठकमा समसामयिक राजनीति, पार्टी संगठन विस्तार, प्रदेशस्तरीय रणनीति तथा आगामी राजनीतिक कार्यक्रमबारे छलफल भएको बताइएको छ।
तर, सुदूरपश्चिमजस्तो नेकपाको प्रभाव बलियो मानिने प्रदेशमै दुई सांसद अनुपस्थित देखिनुले आन्तरिक असन्तुष्टि, शक्ति सन्तुलन वा नेतृत्व व्यवस्थापनप्रतिको असहजताको संकेत हुनसक्ने चर्चा सुरु भएको छ। पार्टीका केही नेताहरूले यसलाई सामान्य अनुपस्थिति भन्दा बढी राजनीतिक सन्देशका रूपमा समेत व्याख्या गर्न थालेका छन्।
यद्यपि अनुपस्थित सांसदहरूले बैठकमा सहभागी नभएको कारण सार्वजनिक गरेका छैनन् भने पार्टी नेतृत्वले पनि यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।
हालै विभिन्न कम्युनिस्ट घटकबीच एकता भएर बनेको नेकपाभित्र नेतृत्व बाँडफाँट, संगठन संरचना र जिम्मेवारी व्यवस्थापनलाई लिएर आन्तरिक छलफल तथा शक्ति समीकरणको बहस चलिरहेका बेला यो घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












