प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ।
संसदीय दलको बैठकमा कारबाही गर्नुपर्ने माग गरिएका सांसदद्वय घनश्याम र रामेश्वर चौधरी नाउपाभित्रको विवादका बेला तत्कालीन संरक्षक रेशमलाल चौधरीको पक्षमा उभिदै आएका थिए । तर, पछि रञ्जितासँगै नेकपामा आएका हुन् ।
नेकपाका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाल सहभागी भएको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा दुई सांसद अनुपस्थित भएपछि पार्टीभित्र कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ ।
शीर्ष नेतृत्वको उपस्थितिमा आयोजित बैठकलाई पार्टी एकता पछिको शक्ति प्रदर्शन र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको थियो। बैठकमा समसामयिक राजनीति, पार्टी संगठन विस्तार, प्रदेशस्तरीय रणनीति तथा आगामी राजनीतिक कार्यक्रमबारे छलफल भएको बताइएको छ।
तर, सुदूरपश्चिमजस्तो नेकपाको प्रभाव बलियो मानिने प्रदेशमै दुई सांसद अनुपस्थित देखिनुले आन्तरिक असन्तुष्टि, शक्ति सन्तुलन वा नेतृत्व व्यवस्थापनप्रतिको असहजताको संकेत हुनसक्ने चर्चा सुरु भएको छ। पार्टीका केही नेताहरूले यसलाई सामान्य अनुपस्थिति भन्दा बढी राजनीतिक सन्देशका रूपमा समेत व्याख्या गर्न थालेका छन्।
यद्यपि अनुपस्थित सांसदहरूले बैठकमा सहभागी नभएको कारण सार्वजनिक गरेका छैनन् भने पार्टी नेतृत्वले पनि यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन।
हालै विभिन्न कम्युनिस्ट घटकबीच एकता भएर बनेको नेकपाभित्र नेतृत्व बाँडफाँट, संगठन संरचना र जिम्मेवारी व्यवस्थापनलाई लिएर आन्तरिक छलफल तथा शक्ति समीकरणको बहस चलिरहेका बेला यो घटनालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












