चार उपाध्यक्षले मागे ओलीको राजीनामा, के गर्लान ओली ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ ।
एमाले सचिवालय बैठकमा चार उपाध्यक्षले ओलीको राजीनामा मागेका हुन्। उनीहरुले पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै रुपान्त्रण र पुस्तान्तरणको मागसहित ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने दबाब दिएका हुन्।
पार्टीभित्र नेतृत्व, संगठन पुनर्गठन र आगामी रणनीतिबारे चर्को बहस भएपछि बैठक निष्कर्षविहीन रूपमा स्थगित गरिएको स्रोतले जनाएको छ ।
बैठकमा अधिकांश उपाध्यक्षहरुले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्व तहमा व्यापक समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । उपाध्यक्षहरू विष्णुप्रसाद पाैडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी कमजोर बन्दै गएको भन्दै संगठन पुनर्गठन, कार्यशैली परिवर्तन र नेतृत्व हस्तान्तरणबारे खुला छलफल आवश्यक रहेको बताएका थिए ।
स्रोतका अनुसार उनीहरुले अध्यक्ष ओलीलाई प्रत्यक्ष रूपमा राजीनामा दिन आग्रह नगरे पनि “मार्गप्रशस्त” गर्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा रामबहादुर थापा ‘बादल’ भने ओलीको पक्षमा उभिएका थिए । उनले पार्टीभित्र देखिएको समस्या समाधान संवादबाट गर्नुपर्ने भन्दै वर्तमान नेतृत्वको बचाउ गरेका थिए ।
अध्यक्ष ओलीले भने आफूले राजीनामा नदिने स्पष्ट अडान राखेका छन् । उनले पार्टीभित्रकै केही नेताहरू बाह्य शक्तिको प्रभावमा परेर नेतृत्वमाथि अनावश्यक दबाब सिर्जना गर्न खोजिएको टिप्पणी गरेको स्रोतले जनाएको छ ।
बैठकमा नेताहरूबीच लामो समय विवाद र आरोप–प्रत्यारोप चलेपछि थप छलफलका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












