चार उपाध्यक्षले मागे ओलीको राजीनामा, के गर्लान ओली ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ ।
एमाले सचिवालय बैठकमा चार उपाध्यक्षले ओलीको राजीनामा मागेका हुन्। उनीहरुले पार्टी पुनर्गठन गर्नुपर्ने भन्दै रुपान्त्रण र पुस्तान्तरणको मागसहित ओलीलाई मार्गप्रशस्त गर्नुपर्ने दबाब दिएका हुन्।
पार्टीभित्र नेतृत्व, संगठन पुनर्गठन र आगामी रणनीतिबारे चर्को बहस भएपछि बैठक निष्कर्षविहीन रूपमा स्थगित गरिएको स्रोतले जनाएको छ ।
बैठकमा अधिकांश उपाध्यक्षहरुले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नेतृत्व तहमा व्यापक समीक्षा गर्नुपर्ने धारणा राखेका थिए । उपाध्यक्षहरू विष्णुप्रसाद पाैडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले पार्टी कमजोर बन्दै गएको भन्दै संगठन पुनर्गठन, कार्यशैली परिवर्तन र नेतृत्व हस्तान्तरणबारे खुला छलफल आवश्यक रहेको बताएका थिए ।
स्रोतका अनुसार उनीहरुले अध्यक्ष ओलीलाई प्रत्यक्ष रूपमा राजीनामा दिन आग्रह नगरे पनि “मार्गप्रशस्त” गर्नुपर्ने र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
बैठकमा रामबहादुर थापा ‘बादल’ भने ओलीको पक्षमा उभिएका थिए । उनले पार्टीभित्र देखिएको समस्या समाधान संवादबाट गर्नुपर्ने भन्दै वर्तमान नेतृत्वको बचाउ गरेका थिए ।
अध्यक्ष ओलीले भने आफूले राजीनामा नदिने स्पष्ट अडान राखेका छन् । उनले पार्टीभित्रकै केही नेताहरू बाह्य शक्तिको प्रभावमा परेर नेतृत्वमाथि अनावश्यक दबाब सिर्जना गर्न खोजिएको टिप्पणी गरेको स्रोतले जनाएको छ ।
बैठकमा नेताहरूबीच लामो समय विवाद र आरोप–प्रत्यारोप चलेपछि थप छलफलका लागि बैठक स्थगित गरिएको बताइएको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












