जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासले उक्त आरोपलाई “पूर्ण रूपमा अस्वीकार” गर्दै चीनविरुद्धको नियोजित बदनाम अभियान भएको दाबी गरेको छ।
दूतावासका प्रवक्ताले जारी गरेको प्रतिक्रियामा चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ। साथै, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा चीन निरन्तर उभिएको दाबी गरिएको छ।
प्रवक्ताले नेपालमा राजनीतिक स्थिरता, आर्थिक विकास र जनजीविकाको सुधारका लागि चीनले सहकार्य गर्दै आएको उल्लेख गर्दै अहिले फैलाइएका आरोपबारे नेपालका सम्बन्धित निकायले गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। दोषी देखिने व्यक्ति तथा त्यसका योजनाकारमाथि नेपाली कानुनअनुसार कडा कारबाही गर्नुपर्ने पनि दूतावासले जनाएको छ।
दूतावासले नेपालसँग कानून कार्यान्वयन तथा सुरक्षा सहकार्य अझ सुदृढ बनाउन चीन तयार रहेको उल्लेख गरेको छ। “हल्ला र अफवाहलाई विवेक र सत्यले अन्त्य गरोस्,” वक्तव्यमा भनिएको छ, “हामी विश्वास गर्छौं कि नेपाली जनताले सही र गलत छुट्याउनेछन् र चीन–नेपाल मित्रता तथा सहकार्यलाई अझ बलियो बनाउन सँगै अघि बढ्नेछन्।”

यो प्रतिक्रिया जनआस्थाको कार्यालयमा एक मास्कधारी युवतीले एक बोतल मदिरा र ५० हजार रुपैयाँ नगद छोडेको सार्वजनिक भएपछि त्यसलाई शंकास्पद गतिविधिसँग जोडेर समाचार प्रकाशित भएको छ।
उक्त घटनापछि जनआस्थाले पनि छुट्टै प्रतिक्रिया सार्वजनिक गर्दै कार्यालयमा आएको नगद र मदिराबारे स्पष्टिकरण दिएको छ। नमागेको उपहार छाड्नेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले जनाएका छन्।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












