जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। दूतावासले उक्त आरोपलाई “पूर्ण रूपमा अस्वीकार” गर्दै चीनविरुद्धको नियोजित बदनाम अभियान भएको दाबी गरेको छ।
दूतावासका प्रवक्ताले जारी गरेको प्रतिक्रियामा चीनले सधैं अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गरिएको छ। साथै, नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको पक्षमा चीन निरन्तर उभिएको दाबी गरिएको छ।
प्रवक्ताले नेपालमा राजनीतिक स्थिरता, आर्थिक विकास र जनजीविकाको सुधारका लागि चीनले सहकार्य गर्दै आएको उल्लेख गर्दै अहिले फैलाइएका आरोपबारे नेपालका सम्बन्धित निकायले गम्भीर, गहिरो र निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग गरेका छन्। दोषी देखिने व्यक्ति तथा त्यसका योजनाकारमाथि नेपाली कानुनअनुसार कडा कारबाही गर्नुपर्ने पनि दूतावासले जनाएको छ।
दूतावासले नेपालसँग कानून कार्यान्वयन तथा सुरक्षा सहकार्य अझ सुदृढ बनाउन चीन तयार रहेको उल्लेख गरेको छ। “हल्ला र अफवाहलाई विवेक र सत्यले अन्त्य गरोस्,” वक्तव्यमा भनिएको छ, “हामी विश्वास गर्छौं कि नेपाली जनताले सही र गलत छुट्याउनेछन् र चीन–नेपाल मित्रता तथा सहकार्यलाई अझ बलियो बनाउन सँगै अघि बढ्नेछन्।”

यो प्रतिक्रिया जनआस्थाको कार्यालयमा एक मास्कधारी युवतीले एक बोतल मदिरा र ५० हजार रुपैयाँ नगद छोडेको सार्वजनिक भएपछि त्यसलाई शंकास्पद गतिविधिसँग जोडेर समाचार प्रकाशित भएको छ।
उक्त घटनापछि जनआस्थाले पनि छुट्टै प्रतिक्रिया सार्वजनिक गर्दै कार्यालयमा आएको नगद र मदिराबारे स्पष्टिकरण दिएको छ। नमागेको उपहार छाड्नेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले जनाएका छन्।
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












