विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाएर त्यसमार्फत ‘विद्यालय पोशाकमा आए प्रहरीले बल प्रयोग गर्दैन’ भन्ने सन्देश फैलाइएको थियो । उक्त सन्देशमार्फत विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन प्रेरित गरिएको आयोगले जनाएको छ ।
प्रतिवेदनमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गरेर विद्यार्थीलाई प्रदर्शनमा उतार्ने तथा मानव ढालका रूपमा प्रयोग गर्ने प्रयास भएको उल्लेख गरिएको छ । आयोगका अनुसार घटनापछि प्रदर्शनपूर्व सक्रिय रहेका केही सामाजिक सञ्जाल खाता निष्क्रिय बनाइएको सुरक्षाकर्मीहरूको बयानबाट समेत यो विषय पुष्टि हुने देखिएको छ ।
आयोगले प्रदर्शनअघि नै सामाजिक सञ्जालमा यस्ता सामग्री व्यापक रूपमा फैलिइसक्दा पनि सुरक्षा निकायले आवश्यक सक्रियता नदेखाएको टिप्पणी गरेको छ । नक्कली खाता पहिचान गरी बन्द गराउने, भ्रमपूर्ण सूचना चिर्ने तथा सम्भावित जोखिम रोक्ने काम प्रभावकारी रूपमा हुन नसकेको भन्दै आयोगले राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रतिवेदनमा प्रदर्शन हिंसात्मक हुन सक्ने पर्याप्त संकेत हुँदाहुँदै पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको निष्कर्ष निकालिएको छ । आयोगले घटनाको समग्र अनुसन्धान गरी जिम्मेवार पक्षमाथि आवश्यक कानुनी कारबाही गर्न समेत सुझाव दिएको छ ।
Comments
अरु समाचार
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
‘विपद् व्यवस्थापानको काममा निरन्तरता, चाँडोभन्दा चाँडो सक्ने प्रयास
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...
-
मधेसमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको ज्यान गयो
जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई महिनामै विपद्का ४५९ घटना भएका छन् । ती घटनामा...













