विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल प्रहरीको नक्कली फेसबुक पेज बनाएर त्यसमार्फत ‘विद्यालय पोशाकमा आए प्रहरीले बल प्रयोग गर्दैन’ भन्ने सन्देश फैलाइएको थियो । उक्त सन्देशमार्फत विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन प्रेरित गरिएको आयोगले जनाएको छ ।
प्रतिवेदनमा सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सामग्री प्रसारण गरेर विद्यार्थीलाई प्रदर्शनमा उतार्ने तथा मानव ढालका रूपमा प्रयोग गर्ने प्रयास भएको उल्लेख गरिएको छ । आयोगका अनुसार घटनापछि प्रदर्शनपूर्व सक्रिय रहेका केही सामाजिक सञ्जाल खाता निष्क्रिय बनाइएको सुरक्षाकर्मीहरूको बयानबाट समेत यो विषय पुष्टि हुने देखिएको छ ।
आयोगले प्रदर्शनअघि नै सामाजिक सञ्जालमा यस्ता सामग्री व्यापक रूपमा फैलिइसक्दा पनि सुरक्षा निकायले आवश्यक सक्रियता नदेखाएको टिप्पणी गरेको छ । नक्कली खाता पहिचान गरी बन्द गराउने, भ्रमपूर्ण सूचना चिर्ने तथा सम्भावित जोखिम रोक्ने काम प्रभावकारी रूपमा हुन नसकेको भन्दै आयोगले राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ ।
प्रतिवेदनमा प्रदर्शन हिंसात्मक हुन सक्ने पर्याप्त संकेत हुँदाहुँदै पनि सरकार र सुरक्षा निकायको पूर्वतयारी कमजोर रहेको निष्कर्ष निकालिएको छ । आयोगले घटनाको समग्र अनुसन्धान गरी जिम्मेवार पक्षमाथि आवश्यक कानुनी कारबाही गर्न समेत सुझाव दिएको छ ।
Comments
अरु समाचार
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...












