भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो समयदेखि उत्खनन् गर्दै आएको जनआस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठमाथि पछिल्लो समय राज्यकै तर्फबाट धरपकडको प्रयास भैरहेको छ । तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल,संकटकाल र ओली,देउवाको राजमा समेत राज्य संयन्त्रबाट भएका गम्भीर घटना र निर्णयको भित्री तहसम्म पुगेर सूचना बाहिर ल्याउने सञ्चार माध्यम जनआस्था नै हो ।
जनआस्था निरन्तर खबरदारीका खबर प्रकाशन गरेवापत अहिले पुनः चौतर्फी आक्रमणको निशानामा परेको छ । विशेषगरी अध्यक्ष तथा प्रधान सम्पादकमाथि प्रकाशित समाचारको विश्वसनीयतालाई कदर गरेर सुशासन कायम राख्नतिर लाग्नुभन्दा पनि नियोजित रुपमा फसाउन गत शुक्रबार नक्कली चिनियाँ नागरिक र सक्कली चिनियाँ टेलिफोन नम्बर प्रयोग गरिएको यथार्थ छर्लङ्ग छ ।
देशसञ्चारले प्रोमो बनाएर शुरुदेखि नै पत्रकारविरुद्ध हाइसाउण्ड गरेको प्रसङ्ग र श्रीषाको फोटो खिच्नेदेखि अन्य प्रकरणमा प्रहरी पात्रको सँलग्नताबारे तपाईंहरु आफैले दूधको दूध,पानीको पानी छुट्याउन सक्नुहुनेछ ।
कथित उपहारका नाममा रचिएको राष्ट्रघाती षडयन्त्रबारे तत्कालै जनआस्थाले सुरक्षा निकायलाई जानकारी गराएको थियो भने उपलब्ध सबै प्रमाणसहित ९ गते शनिवार नै लिखित उजुरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान गरिरहेको अवस्था छ । उक्त घटनामा संलग्न धेरै जनाको पहिचान खुलिसकेपछि अनुसन्धानलाई विषयान्तर गर्ने खेलमा वरिष्ठ पत्रकार युवराज घिमिरे सम्पादक रहेको देशसञ्चार अनलाइन एकाएक मंगलबारदेखि सामेल भएको पनि घटनाक्रमले देखाएको छ ।
चीनको ग्वाङ्चौस्थित भारतीय कन्सुलेट अफिससँग आवद्ध सौरभ यादवको सिमकार्ड यो षडयन्त्रमा प्रयोग भएको तथ्य खुलिसकेको छ । उता भारतीय जनता पार्टी (बिजेपी) को मातृ संगठन आरएसएस अर्थात् हिन्दू राष्ट्रिय स्वयंसेवकसंघ निकटहरुले ‘युथ वीरगञ्ज’ नामक पेजबाट सोमवारदेखि सामाजिक सञ्जालमा जनआस्थाविरुद्ध उक्त नक्कली अडियो भाइरल गराएको पनि देखिन आएको छ ।
यस्तो तथ्यहीन बनावटी भिडियोमा टेकेर जनआस्था र श्रेष्ठलाई अमूक देशको पक्षधर सावित गराउने काम आफूलाई ‘रअ’ को पूर्व एजेण्ट दाबी गर्ने भारतीय नागरिक लक्की विष्टबाट हुनु थप शंकास्पद पक्ष छँदैछ । पहिलेदेखि नै नेपालमा भएका वा गराइएका घटनाहरुलाई मसालेदार कहानी बनाएर सुनाउँदै नेपालीहरुको ध्यान खिच्न र विश्वासमा लिन खप्पिस उनले यो मामिलालाई पनि अनावश्यक रूपमा उछालेको देखिन्छ । तर, यी पात्र आफैँमा भने विवादास्पद पृष्ठभूमिका हुन् । भगौडा भनिने विष्टमाथि भारतीय सेनामा हुँदाका बखत गम्भीर सूचना चुहाएको आरोपमा कारबाही भएको थियो ।
गिफ्टका नाममा शुक्रवार बेलुका सवा ५ बजे रक्सीको बोटल र पैसा बोकेर आउने महिलाको परिचय खुलिसकेको छ । काजोल अग्रवाल नामक कालो चश्मा र मास्कधारी ती युवतीको माइती भारत हो भने उनले वीरगञ्जका स्थानीयसँग विवाह गरेको प्रमाण भेटिएको छ । गिफ्टका नाममा शुक्रवार बेलुका सवा ५ बजे रक्सीको बोटल र पैसा बोकेर आउने महिलाको परिचय खुलिसकेको छ । काजोल अग्रवाल नामक कालो चश्मा र मास्कधारी ती युवतीको माइती भारत हो भने उनले वीरगञ्जका स्थानीयसँग विवाह गरेको प्रमाण भेटिएको छ । यति परिचय र घटनाक्रम खुलिसकेको अवस्थामा अस्ति बेलुकीबाट एकाएक सो रहस्यमय र खतरनाक खेलको अनुसन्धान रोक्न प्रहरीलाई आदेश गएको आशंका छ ।
आफ्नो देशको सिमकार्ड प्रयोग गरी दुई देशको सम्बन्ध बिगार्ने कुत्सित आशयसहित नेपालमा अनर्गल प्रचार गरिएकोबारे काठमाडौंस्थित चिनियाँ दूतावासले सरकारको गम्भीर ध्यानाकर्षण गराइसकेको छ । प्राय: मौन कूटनीतिमा विश्वास राख्ने चीनले यो सन्दर्भमा चासो र ध्यानाकर्षण मात्र जनाएको छैन,गम्भीर आपत्तिसमेत प्रकट गरेको छ । यसकारण पनि यो प्रकरण देशभित्र सिमित एक सामान्य घटना मात्र नभई योजनावद्ध षड्यन्त्र हो भन्ने कुरा जो कसैले सहजै बुझ्न सक्छ ।
यसैबीच यो खेलमा एकाएक दुई दशकसम्म भारतीय अखबार ‘इण्डिया टुडे’, ‘दि स्टेट्सम्यान’, ‘दि इण्डियन एक्सप्रेस’ र ‘जेन्जी आन्दोलन’ बारे फागुन २१ को चुनावअगाडि पुराना दलहरुलाई नकारात्मक प्रभाव पार्ने डक्युमेन्ट्री प्रशारण गरेको बिबिसीसङ्ग जोडिएका वरिष्ठ पत्रकार युवराज घिमिरेले साढे दुई दशकअघि सल्टिएको अभिनेत्री श्रीषा कार्की आत्महत्या प्रकरण यतिबेलै उछाल्नुलाई त्यसैको संकेतका रूपमा लिइएको छ ।
वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललाई घटनाको २३ बर्षपछाडि देशसञ्चारले किन सम्झियो र कान्तिपुरको सम्पादक हुँदा आफैले निर्क्यौल गरिसकेको बिषय १८० डिग्री फरक पारेर जनआस्थाविरुध्द के कारण प्रयोग गरियो ? सामान्यभन्दा सामान्य नागरिकले पनि अनुमान लगाउन सक्छ !
वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललाई घटनाको २३ बर्षपछाडि देशसञ्चारले किन सम्झियो र कान्तिपुरको सम्पादक हुँदा आफैले निर्क्यौल गरिसकेको बिषय १८० डिग्री फरक पारेर जनआस्थाविरुध्द के कारण प्रयोग गरियो ? सामान्यभन्दा सामान्य नागरिकले पनि अनुमान लगाउन सक्छ!
जनआस्था साप्ताहिकमा २०५९ असोज २३ गते असावधानीवशः प्रकाशित हुन गएको अभिनेत्रीको तस्बिरबारे धेरैचोटी प्रष्ट पारिएको र क्षमा मागिसकिएको छ । सोही प्रकरणमा २ वर्षसम्म मुद्दा खेपिएको र आजपर्यन्त तनाव झेल्नुपरेको घटनालाई भुषालको असान्दर्भिक अन्तर्वार्तामार्फत् अहिले घिमिरेले किन ब्युँताउन खोजेका होलान् ? धेरैले आश्चर्य व्यक्त गरेका छन् ।
देशसञ्चारमा बरिष्ठ कलाकार भुषालको विवादास्पद अन्तर्वार्ताबारे प्रशिक्षार्थी पत्रकारको रुपमा मैले उहाँसँग हिजो दिउँसो वास्तविकता के हो ? भनेर संक्षिप्त कुराकानी गरेकी थिएँ । यस सन्दर्भमा उहाँले आफू अन्य कार्यक्रमबाट सोझै देशसञ्चार पुगेर अन्तर्वार्ता दिएको हुँदा त्यसबेला ‘के के बोलेँ होला’ भन्नुले पनि उक्त मिडियाको बदनियत छर्लङ्ग हुन्छ ।
भुषालले टेलिफोन संवादमा व्यक्त गरेका मुख्य मुख्य धारणाले श्रीषा घटनाको वास्तविकता र कानुनी पाटोलाई मज्जैसङ्ग उजागर गर्नेछ । देशसञ्चारले प्रोमो बनाएर शुरुदेखि नै पत्रकारविरुद्ध हाइसाउण्ड गरेको प्रसङ्ग र श्रीषाको फोटो खिच्नेदेखि अन्य प्रकरणमा प्रहरी पात्रको सँलग्नताबारे तपाईंहरु आफैले दूधको दूध,पानीको पानी छुट्याउन सक्नुहुनेछ ।
भुषालले भन्नुभएको छ :
मलाई अलिक समय नभएको, रातभरि सुतेको पनि थिइनँ । एकदमै टेन्सन, त्यहीँमाथि पनि त्यो कान्स जितेर आएको खुशीले गदगद पनि भइयो । सारी पनि हतारहतार,टाउकोमा काँटा पनि लगाउन नभ्याएर बिर्सिएको, गति न पति भएको छ मेरो, बोल्न पनि के–के बोलियो ।
मैले तिँ नै भनेको थिएँ नि सबै कुरा । म कलाकार संघको अध्यक्ष थिएँ त्यतिबेला । त्यो पनि यस्तो छ क्या रे रे भनेको सुनेको, झुक्याएर फिल्म खेलाउँछु भनेर लिएर गाको रे, अर्की हिरोइनलाई पनि थुनेको थियो यसको विषयमा । बिचरा अब ब्ल्याकमेल गर्दो रहेछ, भित्र लगेछ लुगासुगा खोलेर झ्यापझुप फोटो सोटो खिचेछ । कताकता सुन्छु, जसले फोटो खिचेको हो, त्यो सई हो कि को हो त्यो पनि मर्यो रे लण्डनमा आफैं नै १४ तला हो कि कति तलाबाट हाम्फालेर ।
मलाई उसले भन्थ्यो, दिदी, हेर्नु न मलाई त यसरी पैसा माग्छ, कहाँ पाउने मैले ! पाँच सय यता दिन्छु भन्थ्यो, हरेक कार्यक्रममा नाच्थ्यो । कलाकार संघको प्रोग्राममा । लास्ट बित्ने टाइममा उसलाई मन परिसकेको रहेछ कोही,ननाच्नु केही भनेको थियो होला बिचरा नाचेन । त्यत्तिकै भो । त्यसपछि चाँहि कलाकार संघमै आउँछु भनेर आको भन्थ्यो उसको भाइ । पुलिस पनि गञ्जागोल थियो । उसको घरमा सबै खोतलेको यस्तो–यस्तो फ्रस्टेशन भएको दुःखको कथाहरु लेखेको,कविताहरु । त्यसले चाँहि मलाई फलानोले यस्तो गर्यो भनेर नलेखेको । त्यो लेखेको भए जित्ने ।
पछि मलाई उसको बुवाको मुख हेर्न लाज लाग्यो,काटिकुटी त्यही श्रीशाको अनुहार थियो बिचरा है,धाउनुपर्यो, मिलेन हार्यो भन्यो । कानुनमा सजाय छैन भन्यो । सुनिता भन्नेलाई हनुमान ढोकामा लगेको थियो,उसले त मलाई मनपरी मुख छोडेको थियो तँ बसुन्धरा भुसाललाई पाप लाग्छ बुझिस् भनेको थियो । मैले नि तलाईँ नि पाप लाग्छ, चेलीबेटीको लगेर यस्तो गरेको भनेँ । त्यो नि आँखाले देखिएन नि न्याय नै पाइएन,हारी भने । हामीसँग सुटिङमा जान्थ्यो,कलाकार संघमा आउँथ्यो सबै त्यो भनेकै थिएन नि । नाङ्गो फोटो खिच्ने प्रहरीचाँहि मर्यो रे भन्थ्यो । हो–होइन थाहा छैन । ऊ मसँग हिँड्थ्यो । डोनेशन उठाउन हिँड्थ्यो कलाकार संघमा आउँथ्यो । फिल्म नै सँगै खेलियो । अनि हाम्रो वसन्त श्रेष्ठ डाइरेक्टर साबले चाँहि सानो सिनमा रुनै नपर्ने सिनमा पनि बेस्सरी रुन्थी भन्नुहुन्थ्यो क्या ।
भर्खर भर्खर कम्प्युटर आएको थियो, नाङ्गो फोटोमा हिरोइनहरुको टाउको छापिदिने हत्याकाण्ड,आन्दोलन, म त धेरै नै आतंककारी,आन्दोलनकारी नै भइयो नि । कहाँ सुःख पाएँ त ! पाँच वर्ष अफिस चलाई अहिलेसम्म ३७ वर्ष संघमा संरक्षक नै छु । उसको घर यता थियो, यादव खरेल डाइरेक्टर अध्यक्षज्यूको घरमाथि । गुहेश्वरी डाँडातिर छ, अहिले पनि त्यहाँनिर छ होला ?
जनआस्थाबाट साभार
Comments
अरु समाचार
-
‘संख्याको दम्भ र लहडका भरमा संविधान संशोधन हुन सक्दैन ‘
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लहडका भरमा संविधान संशोधन नहुने बताएका छन्। संख्याको दम्भमा संविधानमा छेडखानी गर्न नसकिने...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
सरुवा भएका कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...












