विश्वकप अपडेट: इंग्ल्याण्ड र बेल्जियमको जीत, कङ्गो र सेनेगल बाहिरिए
काठमाण्डौ । विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जीत निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । इंग्ल्याण्डले कङ्गोलाई २–१ ले पराजित गर्दा बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराउँदै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो । कङ्गोसँगको खेलमा इंग्ल्याण्ड शुरुआतमै पछि परेको थियो । खेलको सातौँ मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बने । उनले ७५औँ मिनेटमा बराबरी गोल गरे भने ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।
अब इंग्ल्याण्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो । आज बिहान भएको अर्को रोमाञ्चक खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम १६ पुग्न असफल रह्यो । खेलको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने ५४औँ मिनेटमा इस्माएला सारले गोल थप्दै अग्रता २–० मा पुर्याए ।
तर अन्तिम समयमा बेल्जियमले शानदार पुनरागमन गर्यो । ८५ औँ मिनेटमा रुमेलो लुकाकुले गोल फर्काएपछि ८६औँ मिनेटमा यौरी टिएलम्यानले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याए । निर्धारित समयपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पायो । टिएलम्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को अविस्मरणीय जित दिलाए ।
यससँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ । विश्वकपमा अहिले बिहान पौने ६ बजेदेखि अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच खेल जारी छ ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












