विश्वकप अपडेट: इंग्ल्याण्ड र बेल्जियमको जीत, कङ्गो र सेनेगल बाहिरिए
काठमाण्डौ । विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जीत निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन् । इंग्ल्याण्डले कङ्गोलाई २–१ ले पराजित गर्दा बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई ३–२ ले हराउँदै प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो । कङ्गोसँगको खेलमा इंग्ल्याण्ड शुरुआतमै पछि परेको थियो । खेलको सातौँ मिनेटमा ब्रायन सिपेंगाले गोल गर्दै कङ्गोलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेको इंग्ल्याण्डका लागि कप्तान ह्यारी केन नायक बने । उनले ७५औँ मिनेटमा बराबरी गोल गरे भने ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।
अब इंग्ल्याण्डले अन्तिम १६ मा मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । मेक्सिकोले इक्वेडरलाई पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो । आज बिहान भएको अर्को रोमाञ्चक खेलमा दुई गोलको अग्रता जोगाउन नसक्दा सेनेगल अन्तिम १६ पुग्न असफल रह्यो । खेलको २४ औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए भने ५४औँ मिनेटमा इस्माएला सारले गोल थप्दै अग्रता २–० मा पुर्याए ।
तर अन्तिम समयमा बेल्जियमले शानदार पुनरागमन गर्यो । ८५ औँ मिनेटमा रुमेलो लुकाकुले गोल फर्काएपछि ८६औँ मिनेटमा यौरी टिएलम्यानले बराबरी गोल गर्दै खेल २–२ को अवस्थामा पुर्याए । निर्धारित समयपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि बेल्जियमले पेनाल्टी पायो । टिएलम्यानले यो अवसरलाई गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को अविस्मरणीय जित दिलाए ।
यससँगै बेल्जियम अन्तिम १६ मा प्रवेश गर्दा सेनेगलको विश्वकप यात्रा समाप्त भएको छ । विश्वकपमा अहिले बिहान पौने ६ बजेदेखि अमेरिका र बोस्निया एण्ड हर्जगोभिनाबीच खेल जारी छ ।
Comments
अरु समाचार
-
दीपक भट्टसंग जोडिएका सुलभ, साहिल र ललिताविरुद्ध झण्डै २ अर्बको विदेशी मुद्रा अपचलनको मुद्दा दर्ता गरिदै
काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसंगको अवैध कारोबार र विदेशी विनिमय अपचलनको आरोपमा सुलभ अग्रवाल, साहिल अग्रवाल र ललिता अग्रवालविरुद्ध...
-
गोपनीयता चुहाउनेलाई कुनै उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ
काठमाडौं। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई गरिएको निलम्बनको प्रसङ्गलाई लिएर राज्यको गोप्य...
-
आज न्यायपरिषद्को बैठकः सर्वोच्चमा ५ न्यायाधीश नियुक्ति मुख्य एजेन्डा, जुनियर पनि आकांक्षी
काठमाडौं। आज (मंगलबार) दिउँसो १ बजे बस्ने न्यायपरिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त रहेका न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने भएको छ...
-
विशेष अदालत थुना पठाउँदै, सर्वोच्च छोड्दै
काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हिमालय रि-इन्स्योरेन्स कम्पनीका सञ्चालक अमित मोरलाई सर्वोच्च...
-
वरिष्ठतम् नायव महान्यायाधिवक्तामा लोकराज पराजुली
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम् नायव महान्यायाधिवक्ता लोकराज पराजुली भएका छन् । निवर्तमान वरिष्ठतम् नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी यही असोज...
-
‘लोकतन्त्रमा जनताको आवाज बन्द गर्न मिल्दैन’
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताउनु...
-
संघीय निजामती सेवा विधेयकका प्रावधान विभेदकारी, अदालत पुगे खारेज हुनसक्छ : उमेश मैनाली
काठमाडौं । लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा पूर्वगृहसचिव उमेश मैनालीले संसद्मा दर्ता भएको संघीय निजामती सेवा विधेयकका केही प्रावधान गैरन्यायिक,...
-
नेपाली कांग्रेसको १५ ओैं महाधिवेशनको तयारी पूरा, दिउँसो खुलामञ्चमा उदघाटन कार्यक्रम
-किशोर शर्मा (काठमाडौं )। आज असाेज १८ गतेदेखि नेपाली कांग्रेस गगन कुमार थापा पक्षकाे १५ ओैं राष्ट्रिय महाधिवेशन काठमाडौंकाे खुलामञ्चमा...
-
आजदेखि कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार पाँच सय बढी प्रतिनिधि सहभागी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका...













