ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको नयाँ ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको छ। आवश्यक परामर्श र समीक्षा पूरा नभएसम्म उक्त सुविधा लागू नगर्न मन्त्रालयले पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मेटाले हालै प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाममार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने सुविधा विश्वव्यापी रूपमा ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढाउने उद्देश्यले विकास गरिएको यो सुविधाले भारतमा भने ठगी गर्ने समूहलाई नक्कली परिचय बनाएर सर्वसाधारणलाई झुक्याउन सहज बनाउन सक्ने सरकारको आशंका छ।
इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटालाई पठाएको पत्रमा नयाँ सुविधाले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयको दुरुपयोग बढ्न सक्ने उल्लेख गरिएको छ। सरकारी अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले विशेषगरी प्राविधिक ज्ञान कम भएका प्रयोगकर्ता नक्कली प्रयोगकर्ता नामको प्रयोगबाट बढी प्रभावित हुन सक्ने जनाएको छ।
भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार मानिन्छ, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा मात्रै साइबर ठगीका कारण भारतीय नागरिकले करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेका छन्, जुन सन् २०२१ को तुलनामा करिब ४० गुणाले बढी हो।
यता मेटाले भने उक्त सुविधा भारतमा हालसम्म लागू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिने व्यवस्था गरिएको छ, जसले नक्कली परिचयको जोखिम घटाउन मद्दत गर्नेछ। साथै, प्रयोगकर्ता नामको सुविधा प्रयोग गरे पनि ह्वाट्सएप सञ्चालनका लागि फोन नम्बर अनिवार्य रहने र ठगी नियन्त्रणका लागि बहुस्तरीय सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीको भनाइ छ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












