ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको नयाँ ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल सार्वजनिक नगर्न आग्रह गरेको छ। आवश्यक परामर्श र समीक्षा पूरा नभएसम्म उक्त सुविधा लागू नगर्न मन्त्रालयले पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मेटाले हालै प्रयोगकर्ताले आफ्नो फोन नम्बर सार्वजनिक नगरी छुट्टै प्रयोगकर्ता नाममार्फत एकअर्कासँग सम्पर्क गर्न सक्ने सुविधा विश्वव्यापी रूपमा ल्याउने घोषणा गरेको थियो। गोपनीयता बढाउने उद्देश्यले विकास गरिएको यो सुविधाले भारतमा भने ठगी गर्ने समूहलाई नक्कली परिचय बनाएर सर्वसाधारणलाई झुक्याउन सहज बनाउन सक्ने सरकारको आशंका छ।
इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटालाई पठाएको पत्रमा नयाँ सुविधाले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयको दुरुपयोग बढ्न सक्ने उल्लेख गरिएको छ। सरकारी अधिकारीलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले विशेषगरी प्राविधिक ज्ञान कम भएका प्रयोगकर्ता नक्कली प्रयोगकर्ता नामको प्रयोगबाट बढी प्रभावित हुन सक्ने जनाएको छ।
भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार मानिन्छ, जहाँ ५० करोडभन्दा बढी प्रयोगकर्ता छन्। पछिल्ला वर्षहरूमा साइबर ठगीका घटना तीव्र रूपमा बढिरहेका छन्। सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा मात्रै साइबर ठगीका कारण भारतीय नागरिकले करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोरेका छन्, जुन सन् २०२१ को तुलनामा करिब ४० गुणाले बढी हो।
यता मेटाले भने उक्त सुविधा भारतमा हालसम्म लागू नभएको स्पष्ट पारेको छ। कम्पनीका अनुसार सार्वजनिक व्यक्तित्व र प्रमाणित खाताका प्रयोगकर्ता नाम पहिले नै सुरक्षित राखिने व्यवस्था गरिएको छ, जसले नक्कली परिचयको जोखिम घटाउन मद्दत गर्नेछ। साथै, प्रयोगकर्ता नामको सुविधा प्रयोग गरे पनि ह्वाट्सएप सञ्चालनका लागि फोन नम्बर अनिवार्य रहने र ठगी नियन्त्रणका लागि बहुस्तरीय सुरक्षा प्रणाली समावेश गरिएको कम्पनीको भनाइ छ।
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...











