पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । इन्जुरी समयमा क्रोएसियाले गरेको गोललाई रेफ्रीले अपसाइट दिएपछि सनसनीपूर्ण खेलमा पोर्चुगल विजयी भएको हो । यो निर्णयपछि मैदानमा केही समय विवादसमेत भएको थियो ।
टोरन्टोमा भएको अन्तिम ३२ को रोमाञ्चक भिडन्तमा पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गरेको हो । यो जितसँगै पोर्चुगलले अर्को चरणमा बलियो प्रतिद्वन्द्वी स्पेनसँगको भेट पक्का गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ निकै रोमाञ्चक बनेको थियो । खेलको ५३ औँ मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको पोर्चुगलका लागि ६८ औँ मिनेटमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
खेल बराबरीमै सकिन लाग्दा पोर्चुगलका प्रशिक्षकले ८१ औँ मिनेटमा रोनाल्डोलाई मैदानबाट निकाल्दै युवा खेलाडीलाई मौका दिएका थिए । रोनाल्डो जस्ता दिग्गज खेलाडीलाई यस्तो संवेदनशील समयमा मैदानबाहिर बोलाउने निर्णयको बारेमा चर्चा सुरु भएको छ । विश्लेषण गर्दै पूर्व खेलाडी स्टीफन वार्नकले भने, “नामलाई एकातिर छाडेर हेर्ने हो भने, खेलको गति र रणनीतिका हिसाबले यो एकदमै सही निर्णय थियो ।”
प्रशिक्षकको रणनीति खेलको अन्तिम समयमा फलदायी देखियो । ९० मिनेटको नियमित समयपछि थपिएको इन्जुरी समयको चौथो मिनेटमा राफायल लियाओको उत्कृष्ट क्रसलाई सदुपयोग गर्दै गोन्सालो रामोसले हेडमार्फत सानदार गोल गरे । रामोसको सोही गोल नै पोर्चुगलका लागि निर्णायक साबित भयो र क्रोएसिया विश्वकपको यात्राबाट बाहिरिन पुग्यो । अब क्वाटरफाइनल प्रवेशका लागि सोमबार पोर्चुगलले अस्ट्रियालाई हराएर उच्च मनोबलमा रहेको स्पेनको सामना गर्नेछ ।
Comments
अरु समाचार
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...












