मन्त्रीसँगै सचिवालय सदस्य हेरफेरको तयारीमा प्रधानमन्त्री, विवाद सतहमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा सम्भावित हेरफेरसँगै आफ्नै सचिवालय पुनर्गठन गर्ने तयारी गरेको खबर बाहिरिएको छ । मन्त्रिपरिषद् र सचिवालयमा हेरफेर गर्ने प्रधानमन्त्री शाहको तयारीसँगै आन्तरिक विवाद तथा असंतुष्टि पनि बढेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि पार्टीको जिम्मेवारीमा निर्वाचित सचिवालयका सदस्यहरूलाई पार्टी काममा केन्द्रित गराउने गरी नयाँ टोली बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार राजनीतिक सल्लाहकार असीम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, स्वकीय उपसचिव प्रकृति ढकाल तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा सचिवालयबाट बाहिरिन सक्ने सम्भावना रहेको छ।
असीम शाह र सुदीप ढकाल रास्वपाको महाधिवेशनबाट क्रमशः सहमहामन्त्री र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने प्रकृति ढकाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनीहरूलाई पार्टीको सांगठनिक काममा केन्द्रित गराउने प्रधानमन्त्रीको योजना रहेको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाह सचिवालयमा अनुभवी र दक्ष व्यक्तिहरूलाई ल्याउने तयारीमा छन्। अवकाशप्राप्त केही पूर्वसचिव तथा प्रशासनिक अनुभव भएका व्यक्तिहरूलाई पनि सचिवालयमा जिम्मेवारी दिने विषयमा गृहकार्य भइरहेको जनाइएको छ।
यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मन्त्रीले तीनदेखि पाँच जनासम्म सचिवसरहका सल्लाहकार नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ। साथै, प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख स्वकीय सचिवसहित नौ सदस्य रहने प्रावधान पनि लागू भइसकेको छ। उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको सयबुँदे कार्ययोजनाको प्रगति विवरण संकलन गरिरहेको छ। मन्त्रालयहरूबाट प्राप्त प्रतिवेदनका आधारमा असार मसान्तसम्म सरकारको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्ने तयारी गरिएको छ।
स्रोतका अनुसार यही कार्यसम्पादन मूल्यांकन र सयबुँदे कार्ययोजनाको प्रगतिका आधारमा केही मन्त्रीहरूलाई पनि जिम्मेवारीबाट हटाउने वा मन्त्रालय हेरफेर गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले सचिवालय तथा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। स्रोतहरूले यस विषयमा आन्तरिक छलफल जारी रहेको बताएका छन्।
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...











