मन्त्रीसँगै सचिवालय सदस्य हेरफेरको तयारीमा प्रधानमन्त्री, विवाद सतहमा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्मा सम्भावित हेरफेरसँगै आफ्नै सचिवालय पुनर्गठन गर्ने तयारी गरेको खबर बाहिरिएको छ । मन्त्रिपरिषद् र सचिवालयमा हेरफेर गर्ने प्रधानमन्त्री शाहको तयारीसँगै आन्तरिक विवाद तथा असंतुष्टि पनि बढेको बुझिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि पार्टीको जिम्मेवारीमा निर्वाचित सचिवालयका सदस्यहरूलाई पार्टी काममा केन्द्रित गराउने गरी नयाँ टोली बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार राजनीतिक सल्लाहकार असीम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, स्वकीय उपसचिव प्रकृति ढकाल तथा प्रमुख स्वकीय सचिव सुवास शर्मा सचिवालयबाट बाहिरिन सक्ने सम्भावना रहेको छ।
असीम शाह र सुदीप ढकाल रास्वपाको महाधिवेशनबाट क्रमशः सहमहामन्त्री र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ भने प्रकृति ढकाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनीहरूलाई पार्टीको सांगठनिक काममा केन्द्रित गराउने प्रधानमन्त्रीको योजना रहेको बताइएको छ। स्रोतका अनुसार प्रधानमन्त्री शाह सचिवालयमा अनुभवी र दक्ष व्यक्तिहरूलाई ल्याउने तयारीमा छन्। अवकाशप्राप्त केही पूर्वसचिव तथा प्रशासनिक अनुभव भएका व्यक्तिहरूलाई पनि सचिवालयमा जिम्मेवारी दिने विषयमा गृहकार्य भइरहेको जनाइएको छ।
यसअघि मन्त्रिपरिषद्को निर्णयअनुसार प्रत्येक मन्त्रीले तीनदेखि पाँच जनासम्म सचिवसरहका सल्लाहकार नियुक्त गर्न पाउने व्यवस्था गरिएको छ। साथै, प्रधानमन्त्रीको स्वकीय सचिवालयमा प्रमुख स्वकीय सचिवसहित नौ सदस्य रहने प्रावधान पनि लागू भइसकेको छ। उता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारको सयबुँदे कार्ययोजनाको प्रगति विवरण संकलन गरिरहेको छ। मन्त्रालयहरूबाट प्राप्त प्रतिवेदनका आधारमा असार मसान्तसम्म सरकारको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गर्ने तयारी गरिएको छ।
स्रोतका अनुसार यही कार्यसम्पादन मूल्यांकन र सयबुँदे कार्ययोजनाको प्रगतिका आधारमा केही मन्त्रीहरूलाई पनि जिम्मेवारीबाट हटाउने वा मन्त्रालय हेरफेर गर्ने विषयमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ। यद्यपि प्रधानमन्त्री कार्यालयले सचिवालय तथा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै औपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन। स्रोतहरूले यस विषयमा आन्तरिक छलफल जारी रहेको बताएका छन्।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












