विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज (सोमबार) विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने भएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयमा पूरक अभियोजन दर्ता गर्ने तयारी भएको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार, पौडेल यस प्रकरणमा एक्ला प्रतिवादी होइनन् । दिपक भट्ट र बीमा प्राधिकरणका पूर्व अध्यक्ष सुर्य सिलवालसहित करिव २९ जना विरुद्ध मुद्धा चलाउने प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी छ । स्रोतका अनुसार उनीहरु सबैलाई अढाइ अर्ब रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्धा चलाउने तयारी छ।
यो समाचार तयार पारुन्जेलसम्म श्रीराम टोबाको र त्यसका सञ्चालक कमल मालपानी र चुन्नुप्रसाद पौडेल (चुन्नु शर्मा) विरुद्ध मुद्धा चलाउने वा नचलाउने भन्ने प्रष्ट भएको छैन । हालसम्म भने कुनै सरकारी कर्मचारीलाई प्रतिवादी बनाइएको जानकारी प्राप्त भएको छैन।
व्यवसायी मालपानी र चुन्नु शर्मा नेपालका स्थापित व्यवसायी हुन्। उनीहरू खैनी तथा गुट्खालगायत सुर्तीजन्य पदार्थ उत्पादन गर्ने ‘श्रीराम टोबाको’ का उद्यमी तथा व्यावसायिक साझेदार हुन्।हाल यी व्यवसायीहरू नेपालको राजनीति र न्यायिक वृत्तमा विशेष चर्चामा छन्। यिनै व्यवसायीहरूले दिएको बयानका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री पौडेललाई अनुसन्धानको दायरामा ल्याएको थियो।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
पदीय मर्यादाविपरित उपसभामुख रुवी पत्रकार श्रेष्ठविरुद्ध आक्रोशित
काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुरले आफूविरुद्ध समाचार प्रकाशित भएपछि पदीय मर्यादाविपरीतको अभिव्यक्ति दिँदै जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउ
काठमाडौं । जनआस्था साप्ताहिकका अध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। श्रेष्ठलाई बुधबार साँझ ललितपुरस्थित निवास नजिकबाट...
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...












