विष्णु पौडेलविरुद्ध बिगो दाबीसहित आज पूरक अभियोजन दर्ता गरिँदै, श्रीराम टोबाकोका मालपानी र चुन्नु शर्मालाई के हुन्छ ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध अनुसन्धान सकेर मुद्दा दर्ताको लागि आज (सोमबार) विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने भएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रकरणमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिलको कार्यालयमा पूरक अभियोजन दर्ता गर्ने तयारी भएको बुझिएको छ ।
प्राप्त जानकारीअनुसार, पौडेल यस प्रकरणमा एक्ला प्रतिवादी होइनन् । दिपक भट्ट र बीमा प्राधिकरणका पूर्व अध्यक्ष सुर्य सिलवालसहित करिव २९ जना विरुद्ध मुद्धा चलाउने प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी छ । स्रोतका अनुसार उनीहरु सबैलाई अढाइ अर्ब रुपैयाँ बराबरको बिगो दाबीसहित मुद्धा चलाउने तयारी छ।
यो समाचार तयार पारुन्जेलसम्म श्रीराम टोबाको र त्यसका सञ्चालक कमल मालपानी र चुन्नुप्रसाद पौडेल (चुन्नु शर्मा) विरुद्ध मुद्धा चलाउने वा नचलाउने भन्ने प्रष्ट भएको छैन । हालसम्म भने कुनै सरकारी कर्मचारीलाई प्रतिवादी बनाइएको जानकारी प्राप्त भएको छैन।
व्यवसायी मालपानी र चुन्नु शर्मा नेपालका स्थापित व्यवसायी हुन्। उनीहरू खैनी तथा गुट्खालगायत सुर्तीजन्य पदार्थ उत्पादन गर्ने ‘श्रीराम टोबाको’ का उद्यमी तथा व्यावसायिक साझेदार हुन्।हाल यी व्यवसायीहरू नेपालको राजनीति र न्यायिक वृत्तमा विशेष चर्चामा छन्। यिनै व्यवसायीहरूले दिएको बयानका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री पौडेललाई अनुसन्धानको दायरामा ल्याएको थियो।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...












