आज साँझ ५ बजे न्याय परिषद्को बैठक बस्दै, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना न्यून
काठमाडौं । प्रधानन्यायाधीश पदमा मनोज शर्मा नियुक्त भएपछि न्याय परिषद्को दोस्रो बैठक आज साँझ बस्दैछ । प्रधानन्यायाधीश शर्माले कार्यभार सम्हालेपछि सामान्य चिनजान तथा प्रारम्भिक छलफलपछि दोस्रो न्याय परिषद् बैठक हुन लागेको हो।
न्यायपरिषद्का सदस्यहरुबीच न्यायाधीश नियुक्तिका लागि कुरा नमिलेका कारण सर्वोच्च अदालतका न्यायाधीश, उच्च आलतका मुख्य न्यायाधीश र उच्चका न्यायाधीश नियुक्ति हुने सम्भावना कम रहेको स्रोतले बताएको छ । न्यायाधीशलाई परेको उजुरीका सम्बन्धमा भने आजको बैठकमा छलफल हुने बताइएको छ । सर्वोच्चमा तीन , उच्चका दुई मुख्य न्यायाधीश र उच्च अदालतमा केही न्यायाधीशहरु पदपुर्ति हुन बाँकी छ । उच्च र जिल्ला अदालतका न्यायाधीहरुको पनि सरुवा हुने बेला भएपनि आजको बैठकले यस समबन्धमा कुनै पनि निर्णय नगर्ने बुझिएको छ ।
उच्च अदालतका केही जुनियर तथा कार्यक्षमता कमजोर भएका न्यायाधीशहरुले सर्वोच्च आउने आकांक्षा राख्दै विभिन्न शक्तिकेन्द्र धाएका कारण नियुक्ति ढिलो भएको बुझिएको छ ।प्रधानन्यायाधीश शर्माको नेतृत्वमा साँझ बस्न लागेको बैठकमा परिषद्का नियमित कामकारबाही, न्याय प्रशासनसँग सम्बन्धित विषय तथा आगामी कार्ययोजनाबारे छलफल हुन सक्ने बताइएको छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पाएको छ। तर पछिल्लो समय रिक्त पदपूर्तिका विषयमा सहमति जुट्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। परिषद्भित्र आवश्यक छलफल र सहमति बनेपछि मात्रै सर्वोच्च र उच्च अदालतका रिक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने देखिएको छ ।
Comments
अरु समाचार
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...











