आज साँझ ५ बजे न्याय परिषद्को बैठक बस्दै, सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना न्यून
काठमाडौं । प्रधानन्यायाधीश पदमा मनोज शर्मा नियुक्त भएपछि न्याय परिषद्को दोस्रो बैठक आज साँझ बस्दैछ । प्रधानन्यायाधीश शर्माले कार्यभार सम्हालेपछि सामान्य चिनजान तथा प्रारम्भिक छलफलपछि दोस्रो न्याय परिषद् बैठक हुन लागेको हो।
न्यायपरिषद्का सदस्यहरुबीच न्यायाधीश नियुक्तिका लागि कुरा नमिलेका कारण सर्वोच्च अदालतका न्यायाधीश, उच्च आलतका मुख्य न्यायाधीश र उच्चका न्यायाधीश नियुक्ति हुने सम्भावना कम रहेको स्रोतले बताएको छ । न्यायाधीशलाई परेको उजुरीका सम्बन्धमा भने आजको बैठकमा छलफल हुने बताइएको छ । सर्वोच्चमा तीन , उच्चका दुई मुख्य न्यायाधीश र उच्च अदालतमा केही न्यायाधीशहरु पदपुर्ति हुन बाँकी छ । उच्च र जिल्ला अदालतका न्यायाधीहरुको पनि सरुवा हुने बेला भएपनि आजको बैठकले यस समबन्धमा कुनै पनि निर्णय नगर्ने बुझिएको छ ।
उच्च अदालतका केही जुनियर तथा कार्यक्षमता कमजोर भएका न्यायाधीशहरुले सर्वोच्च आउने आकांक्षा राख्दै विभिन्न शक्तिकेन्द्र धाएका कारण नियुक्ति ढिलो भएको बुझिएको छ ।प्रधानन्यायाधीश शर्माको नेतृत्वमा साँझ बस्न लागेको बैठकमा परिषद्का नियमित कामकारबाही, न्याय प्रशासनसँग सम्बन्धित विषय तथा आगामी कार्ययोजनाबारे छलफल हुन सक्ने बताइएको छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक जिम्मेवारी पाएको छ। तर पछिल्लो समय रिक्त पदपूर्तिका विषयमा सहमति जुट्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन। परिषद्भित्र आवश्यक छलफल र सहमति बनेपछि मात्रै सर्वोच्च र उच्च अदालतका रिक्त पदमा नियुक्ति प्रक्रिया अगाडि बढ्ने देखिएको छ ।
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












