संविधान संशोधन बहसपत्र निर्धारित समयमै बुझाइने, तीन दलले छाडे कार्यदल
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाहसमक्ष पेस गर्ने गरी तयारी अन्तिम चरणमा पु¥याएको हो ।
संविधान संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनीतिक दलले भने असहमति जनाउँदै कार्यदल छाडेका छन् । कार्यदलमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले यही असार २२ गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएका छ । ती दलहरु कार्यदलको पहिलो बैठकदेखि प्रक्रियामा निरन्तर सहभागी हुँदै राय–सुझाव पेस गर्दै सरोकारवालाहरूसँग छलफलमा समेत सहभागी हुँदै आएका थिए ।
कार्यदलका संयोजक शाहका अनुसार कार्यदल गठनको ८३ दिनसम्म बहसपत्र तयार पार्ने विषयलाई लिएर उनीहरूले कुनै पनि विरोध गरेका थिएनन् । प्रतिवेदन तयार पार्ने अन्तिम समयमा आएर विरोध गर्नुको पछाडि कार्यदललाई असफल बनाउने रणनीति रहेको देखिएको प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवम् कार्यदलका संयोजक अशिम शाहको भनाइ छ ।संयोजक शाहले भन्नुभयो, “करिब तीन महिनासम्म देश–विदेश र विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूबाट आएका सुझावहरू बहसपत्रमा समावेश गरिएको छ, उहाँहरु पनि अन्तिम समयसम्म सहभागी हुनुहुन्थ्यो, अहिले आएर बिना कुनै कारण कार्यदल छाड्नुभएको हो ।”
उहाँका अनुसार नेकपा, लोसपा र जसपाले कार्यदलले बहसपत्र तयार पार्दा संविधानको प्रस्तावना र आधारभूत मूल्यमान्यता नचलाउने प्रतिबद्धता सरकारले व्यक्त गर्नुपर्ने र कुन–कुन विषयमा के–कति कारणले संविधान संशोधन गर्नुपर्ने हो, त्यो खुलाउनुपर्ने माग गरेका छन् । कार्यदलका संयोजकले संविधानले नै संविधानका आधारभूत मूल्यमान्यता तोकिदिएको र पटक–पटक संविधान संशोधनका लागि बहसपत्र तयार गर्दा संविधानका आधारभूत मूल्यमान्यतालाई नचलाउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो । सोही विषयलाई उठाएर अनावश्यक चर्चामा आउन खोजेको र संविधान संशोधनका लागि बहसपत्र तयार पार्नुपर्ने महत्वपूर्ण समयमा गैरजिम्मेवारीपन प्रस्तुत गरेको कार्यदलका सदस्य तथा सांसद मोहनलाल आचार्यले बताउनुभयो ।
दलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका नेताहरूको सर्वदलीय बैठक आह्वान गरी सरकारले बहसपत्र तयार गर्ने विषयमा राष्ट्रिय सहमतिको पहल गर्नुपर्ने माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटाका अनुसार उनीहरूकै माग अनुसार बहसपत्र तयार गर्ने कार्यदलमै संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरू निरन्तर सहभागी हुँदै आएका थिए । उहाँले भन्नुभयो, “कार्यदलले तयार गर्न लागेको बहसपत्रले संवैधानिक सर्वोच्चतालाई खलल पुर्याउने होइन, बरु थप मजबुत गराउने हो, त्यसैले दलहरूले कार्यदलको कामप्रति आशंका गर्नु पर्दैन ।”
कार्यदलमा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका अतिरिक्त अन्य राजनीतिक दलहरू र सरकारका कानुन सचिवहरूको समेत सहभागिता छ । “कार्यदलमा लोकतान्त्रिक, विधिसम्मत, खुला, पारदर्शी एवं स्वच्छ ढङ्गबाट बहस र छलफल गरी काम गरिरहेको बेला अकास्मात् कार्यदलबाट दलहरू बाहिरिने गरी पत्र दिनु सान्दर्भिक होइन । संविधान जस्तो गतिशील र जीवन्त दस्तावेज संशोधनको बहसपत्र तयार गर्ने प्रक्रियाबाट बाहिरिँदा जनतामा नकारात्मक सन्देश जान्छ र यसले राजनीतिक दलहरूप्रति वितृष्णा जाग्न सक्छ”, कार्यदलका सदस्य–सचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव लीलाधर सुवेदीले भन्नुभयो ।
कार्यदलका संयोजक शाहका अनुसार यी दलहरूले अन्तिममा आएर गैरजिम्मेवारी प्रस्तुत गर्दै कार्यदल छाडे पनि निर्धारित समयभित्रै बहसपत्र तयार गरी मन्त्रिपरिषद्मा पेस गर्ने तयारी भइरहेको छ ।कार्यदलले हालसम्म संविधानविद्, कानुनविद्, राजनीतिज्ञ, पेसाविद्हरू, नागरिक समाज, महिला अधिकारकर्मी, पूर्वमहान्यायाधिवक्ता र पूर्वप्रशासक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूसँग छलफल गरी सुझाव सङ्कलन गरेको छ । कार्यदलले अनलाइनमार्फत समेत देश तथा विदेशमा रहेका ४४ हजार ७०० नागरिकको सुझाव सङ्कलन गरिसकेको छ । साथै कार्यदलले संविधानसभाका विभिन्न समितिहरूका प्रतिवेदनको समेत अध्ययन गरेको छ । रासस
Comments
अरु समाचार
-
कांग्रेस इतर समूहको पनि सक्रियता बढ्यो, दशैंअघिसम्म क्षेत्रीय अधिवेशन सकिने
काठमाडौं। संस्थापन पक्ष १५ औं महाधिवेशनमा जुटिरहेका बेला नेपाली कांग्रेसको इतर समूहले पनि अलग्गै महाधिवेशनको प्रक्रिया तीव्र पारेको छ। पूर्वसभापति...
-
‘थुनामा रहेका व्यक्तिहरुको अधिकार र कानूनले गरेको व्यवस्थाहरु’
अधिवक्ता यामु रामदाम\ कानुनी शब्दकोश र कारागार ऐन,२०७९ अनुसार , थुनुवा भन्नाले कुनै कसूरको अनुसन्धानको सिलसिलामा वा पुर्पक्षका लागि न्यायिक...
-
मन्त्रिपरिषद् बैठक: विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विभिन्न अध्यादेश ल्याउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्मका निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...
-
अच्यूतमणि न्यौपानेलाई सचिव पदमा बढुवा सिफारिस, ध्रुब चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमा सरुवा
काठमाडौं । न्याय सेवा आयोगको असोज २० गते मंगलबार बसेको बैठकले उच्च तहका अधिकृतहरूको सरुवा तथा बढुवा लागि सिफारिस गरेको...
-
‘विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम ‘
काठमाडौँ । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०: २६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक...
-
सर्वोच्चमा सिफारिस गरिए चार न्यायाधीश, दुई सदस्यले लेखे ‘नोट अफ डिसेन्ट’
काठमाडौं । न्यायपरिषद बैठकले सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस गरेको छ। मंगलबार दिउँसो बसेको बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु,...
-
कांग्रेस सभापति पदका लागि तीन जनाले गराए उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेस सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । १५औं महाधिवेशनअन्तर्गत असोज २२ गते हुने...












