अपाङ्गता भएका २४ प्रतिशत बालबालिका अझै विद्यालयबाहिर
काठमाडौं । अपाङ्गता भएका बालबालिकामध्ये २४ प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएका छन् । भौगोलिक अवस्था, विद्यालयसम्मको पहुँच, अपाङ्गतामैत्री पूर्वाधारको अभाव, परिवारको आर्थिक अवस्था तथा सामाजिक दृष्टिकोणका कारण बालबालिकाहरु विद्यालय नै जाने गरेका छैनन । नेत्रहीन युवा संघले आइतबार काठमाडौमा गरेको ‘अपांगता समावेशी पत्रकारिता तथा मिडिया रिपोर्टिङ’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जानकारी दिए अनुसार अपाङ्गता भएका मध्ये १६ दशमलब ५५ प्रतिशत बालबालिकाले कहिल्यै विद्यालय नगएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
संघका प्रोग्राम म्यानेजर प्रेम देवकोटाअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका ३५ प्रतिशत बालबालिकाहरु विद्यालय जादैनन । अपाङ्गता भएका मध्ये सबैभन्दा बढी कर्णाली प्रदेशका ८४ प्रतिशत बालबालिका विद्यालय जाने गरेका छन् । यसैबीच कार्यक्रममा अपाङ्गता भएका व्यक्ति र उनीहरूलाई गर्ने सम्बोधनका विषयमा सञ्चार माध्यमले ध्यान नदिँदा झन् पीडित हुनुपरेको सरोकारवालाले बताएका छन्। समाचार लेख्दा र प्रसारण, प्रकाशन गर्दा अपाङ्गता भएकाहरूको संवेदनशीलतामा पनि ध्यान दिन आग्रह गरेका छन्।
नेत्रहिन युवा संघका अध्यक्ष रामचन्द्र गैरेले अपाङ्गता भएकाहरुका लागि शब्द चयन, मर्यादित भाषा प्रयोग तथा मानव अधिकारको दृष्टिकोण बाट समेत हेरिदिन आग्रह गर्नुभएको छ । उहाँले समावेशीकरणको क्षेत्रमा मिडिया र सञ्चारकर्मीबीच सहकार्यको नयाँ यात्राको सुरुवात भएको भन्दै आगामी दिनमा सञ्चारक्षेत्रसंग निरन्तर सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष शिशिर खनालले समाचार र सूचनामा अपाङ्गताभएकाहरुको सहज पहुचँ पुग्नेगरी समाचार प्रशारणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
उहाँले अपाङ्गता भएकाहरू देशका विभिन्न सरकारी देखि गैरसरकारी क्षेत्रमा समेत सक्रिय रहेको भन्दै भौतिक संरचना देखि सामाजिक मनोविज्ञान समेत परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कार्यक्रममा राष्ट्रिय बहिरा महासङ्घका अध्यक्ष सन्तोष केसीले सञ्चारमाध्यमहरु फरक फरक क्षमता भएकाहरुका लागि संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...
-
प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन प्रविधिको सदुपयोग आवश्यक: प्रधानमन्त्री शाह
काठमाडौँ, असोज २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग...
-
कांग्रेस उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न, को-को भए विजयी ?
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणाम अनुसार...












