बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणको हवाई यातायात विभागले नेपाल वायुसेवा निगमसहित बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरलाई पत्र पठाउँदै विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन हाल कायम हवाई भाडा नबढाउन निर्देशन दिएको हो ।
प्राधिकरणले सरकारले स्वीकृत गरेको हवाई भाडादरको अधिकतम सीमाभन्दा कम दरमा तथा हाल कायम भाडादरमा वृद्धि नगरी टिकट उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ । देशका विभिन्न क्षेत्रमा बाढी तथा प्राकृतिक विपत्तिका कारण सडक तथा अन्य यातायात सेवा प्रभावित भइरहेका बेला हवाई यातायात यात्रु आवागमनको महत्त्वपूर्ण माध्यम बनेको भन्दै प्राधिकरणले यात्रुको हितलाई ध्यानमा राखेर भाडा निर्धारण गर्न भनेको हो ।
प्राधिकरणको हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीले २०८३ भदौ १० गते जारी गरेको पत्रमा विपत्तिको विषम परिस्थितिलाई मध्यनजर गर्दै यात्रुलाई सहज हुने गरी हवाई टिकट उपलब्ध गराउन निर्देशनानुसार अनुरोध गरिएको उल्लेख छ । प्राधिकरणले विपत्तिको समयमा यात्रुको आवागमन सहज बनाउन तथा सर्वसाधारणको हित संरक्षण गर्न वायुसेवा कम्पनीहरूले स्वीकृत भाडादरको अधिकतम सीमा ननाघ्ने र हाल कायम भाडादर वृद्धि नगर्ने व्यवस्था मिलाउनुपर्ने स्पष्ट पारेको छ ।
Comments
अरु समाचार
-
कसरी भयो बिचलन: इनमको प्रस्ताव रिट खारेज गर्ने, फुयालको आदेश रिट जारी गर्ने!
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले न्याय सम्पादनको क्रममा बिचौलियाको कुनै पनि किसिमको प्रभाव वा दबाबमा नपरेको स्पष्ट पारेका...
-
बिचौलियाको मेसेज प्रकरण : न्यायाधीश फुयालद्वारा दबाब र प्रभावबिनै न्याय सम्पादन भएको पुष्टि
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले एक कारागारमा रहेका अभियुक्तलाई धरौटीमा छोडेर बिचौलियासँग भेटघाट प्रस्ताव गरेको सन्दर्भको अन्तर्य र...
-
डा. डि.बी. सुनार : विद्यार्थी राजनीतिदेखि नीतिगत बहससम्म
काठमाडौं । नेपाली कांग्रेसका युवा तथा प्राज्ञिक व्यक्तित्व डा. डम्बर बहादुर सुनार (डा. डि.बी. सुनार) विद्यार्थी राजनीतिदेखि नै पार्टी संगठन,...
-
रास्वपाले भनेको राजनीतिमुक्त न्यायालय यही हो ?
काठमाडाैं । अघिल्लो वर्षको भदौ २३ र २४ गते किन जेनजी आन्दोलन भयो ? जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई १८२...
-
अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी, दीपक पुन मगरलाई २ हजार जरिवाना
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको ठहर गर्दै रुकुम पश्चिमका दीपक...
-
कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
चाडपर्व नजिकिएसँगै काठमाडौँमा ट्राफिक प्रहरीको बढ्यो सक्रियता
काठमाडौँ। दसैँ, तिहारलगायतका प्रमुख चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सक्रियता थप बढाएको छ । चाडपर्वका समयमा सवारीसाधनको चाप...
-
चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो
काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान...












