भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सबै विश्वविद्यालयका उपकुलपतिहरूलाई पत्र काटेर परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्। मन्त्रालयका अनुसार स्थगित परीक्षाहरूको संशोधित तालिका परिस्थितिको मूल्याङ्कन गरी उपयुक्त समयमा सार्वजनिक गरिनेछ।
त्यस्तै, भदौ १२ गते सञ्चालित परीक्षामा विपद्का कारण सहभागी हुन नसकेका परीक्षार्थीहरूका लागि पनि पुनः परीक्षाको व्यवस्था मिलाउन विश्वविद्यालयहरूलाई भनिएको छ। परीक्षाबाहेक अत्यावश्यक नभएका भेला, गोष्ठी, सेमिनार, सभा तथा सामूहिक कार्यक्रमहरूसमेत हाललाई स्थगित गर्न मन्त्री पोखरेलले अनुरोध गरेका छन्।
सरकारले विपद् प्रभावित विद्यार्थी तथा अभिभावकहरूसँग विश्वविद्यालय र शैक्षिक संस्थामार्फत निरन्तर समन्वय गरी आवश्यक सहयोग पुर्याउन निर्देशन दिएको छ। विपद्का कारण परेको असरलाई सम्बोधन गर्न प्रभावित विद्यार्थी र तिनका अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा अध्ययनको निरन्तरताका लागि सहजीकरण गर्न पनि भनिएको छ।
वर्तमान संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर यी निर्णयहरू तत्काल कार्यान्वयन गर्न मन्त्री पोखरेलले पदाधिकारीहरूसँग आग्रह गरेका छन्।
Comments
अरु समाचार
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...












