रसुवा बाढीपछि उद्धार, राहत र पूर्वाधार पुनःस्थापनामा तीव्रता : प्रधानमन्त्री शाह
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठुलो सजाय भोगेको बताउनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढी त्यसैको प्रतिफल भएको उहाँको भनाइ छ। यो विपद् हाम्रा लागि निकै पीडादायी रहेको उल्लेख गर्दै उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत उल्लेख गर्नुभएको छ, “हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौँ –जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठुलो असर परिरहेको छ, हिमालहरू पग्लदै छन् । यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुन्द्रको तटसम्म पुगिरहेको छ। हामीलाई विगतदेखि नै जुन डर थियो त्यो यथार्थमा रसुवाको भोटेकोशी नदीमा भीषण बाढी बनेर आयो ।”
उहाँले नेपालले त्रासदीपूर्ण घटना बेहोरेको उल्लेख गर्दै हामीले यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्ने र हामीले यसबारे मानव सभ्यतालाई जवाफ दिनुपर्ने बताउनुभएको छ। प्रधानमन्त्री शाहले प्राकृतिक विपद् व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण नै हुने उल्लेख गर्दै उपलब्ध स्रोत–साधनहरूको प्रयोग गरी अहोरात्र खटिरहेका बताउनुभएको छ । यस विपद्मा हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग प्राप्त भइरहेको उहाँको भनाइ छ । उहाँले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावित क्षेत्रमा विभिन्न होल्डिङ सेन्टरहरू सञ्चालन गरी नागरिकहरूलाई बसोबास गराइरहेका उल्लेख गर्नुभएको छ । प्रभावितका लागि खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीहरू उपलब्ध गराइरहेको उहाँको भनाइ छ।
“नुवाकोटमा सञ्चालित २४ होल्डिङ सेन्टरमा २ हजार ७९६ जना नागरिकहरू बसोबास गरिरहनुभएको छ । रसुवाका ५ वटा होल्डिङ सेन्टरहरूमा १९५ र काठमाडौँका २ स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरी रसुवाका विभिन्न प्रभावित क्षेत्रका ३०० जना नागरिकहरूलाई बसोबास गराइरहेका छौँ । यस्तै, रसुवाका विभिन्न क्षेत्रका ४ हजार ५०० जना नागरिकहरूलाई प्रत्येक दिन हेलिकप्टरमार्फत राहत वितरण गराइरहेका छौं” उहाँले भन्नुभएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय
प्रधानमन्त्री शाहले बाढी आएलगत्तै हामीले ९सम्पर्क हुन सकेका० प्रभावित जिल्लाका स्थानीय कर्मचारी तथा जनप्रतिनिधिसँग घटनाबारे जानकारी लिएको उल्लेख गर्दै उहाँहरूले दिएको प्रारम्भिक सूचनाका आधारमा समेत विपद् प्रतिकार्य अघि बढाएको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट समेत प्रत्यक्ष रूपमा निरन्तर उहाँहरूसँग संवाद जारी रहेको र उहाँहरूका गुनासो सम्बोधन पनि भइरहेको बताउनुभएको छ ।
“घटना भएकै दिन मन्त्रीपरिषद्को बैठकबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाको अवधिका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ दफा ३२ अनुसार विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका थियौँ” उहाँले उल्लेख गर्नुभएको छ। घटनाको भोलिपल्ट ९भदौ ११ गते० बाढी प्रभावित क्षेत्रमा हामी पुग्दा बागमती प्रदेशका मुख्यमन्त्रीको टोलीसँग विपद् व्यवस्थापनबारे छलफल भएको र त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरूसँग छलफल गरी विपद् व्यवस्थापनमा आ–आफ्नो जिम्मेवारी अझै गम्भीर रूपमा निर्वाह गर्ने निर्णय भएको प्रधानमन्त्रीको भनाइ छ ।
पूर्वाधार पुनःस्थापना
प्रधानमन्त्री शाहले बाढीबाट प्रभावित पूर्वाधार पुनःस्थापनामा काम भइरहेको बताउनुभएको छ । प्रभावित क्षेत्रमा सञ्चार क्षेत्रमा ९५ प्रतिशतभन्दा बढी र ५।७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्याउन बाँकी रहेको उल्लेख गर्नुभएका छ । अन्य पूर्वधार पहिल्यकै अवस्थामा फर्काउन सम्बन्धित मन्त्रालयहरूको नेतृत्वमा तीव्र गतिमा काम भइरहेको उहाँको भनाइ छ । पूर्वाधार पुनःस्थापना विपद्मा परेका नागरिकहरूका लागि अर्को एउटा राहत भएको उहाँको भनाइ छ ।
“गल्छी–मुग्लिन सडक खण्डअन्तर्गत कृष्णभिरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको छ । आजदेखि रुख कटान र भित्ता काटेर ट्रयाक खोल्ने काम सुरु भएको छ”, उहाँले भन्नुभयो, “कृष्णभिरको समस्या दीर्घकालीन रूपमा समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइल लगायतका विकल्पबारे आवश्यक अध्ययन गरिनेछ । भदौभित्र उक्त सडक खण्डमा यातायात सञ्चालन गर्नेछौं। परेवाभिरमा डाइभर्सन निर्माण भइ यातायात सुरु भइसकेको छ भने त्यसको स्तरोन्नतिको काम पनि भइरहेको छ ।”
त्रिशूली–वेत्रावती सडक खण्डअन्तर्गतको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइएको छ भने बाँकी २ किलोमिटरमा काम जारी छ। क्षतिग्रस्त थप ३५ किलोमिटरमा काम गर्नका लागि आपतकालीन बोलपत्र आह्वान भइसकेको उहाँको भनाइ छ । उहाँका अनुसार तादीमा बेलिब्रिज राख्न फाउण्डेसन निर्माण सुरु भइसकेको छ । भोलिसम्म तादीमा बेलिब्रिज पुर्याउने प्रयास भइरहेको छ । बेत्रावतीमा बेलिब्रिज राख्न सर्भे भइ फाउण्डेसन निर्माण सुरु भएको छ। त्रिशूलीमा सर्भे सकिएको छ। उक्त स्थानमा १२० मिटरको बेलिब्रिज आवश्यक देखिएको उहाँले भन्नुभएको छ ।
Comments
अरु समाचार
-
चीनले तेस्रो पटक पठायो राहत सामग्री, १० फरेन्सिक विज्ञ पनि आइपुगे
काठमाडौं । रसुवा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको...
-
जलवायु संकटको मूल्य नेपालले किन चुकाउने ? : एमाले प्रचार विभाग प्रमुख आचार्य
काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर...
-
बाढी–पहिरोले सात जिल्लाका सडक अवरुद्ध, आवागमनमा समस्या
काठमाडौँ, भदौ १८ गते । लगातारको वर्षाका कारण आएको बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गको...
-
भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ जना अझै सम्पर्कविहीन
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । यस्तै, चार हजार...
-
फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता, सेप्टेम्बर २३ देखि नियमित उडान
पोखरा। फ्लाई दुबई र पोखरा महानगरपालिकाबीच सहकार्यको सम्झौता भएको छ ! पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय हवाई सेवा...
-
केरुङबाट १,५०० नेपाली फर्काउने तयारी, १७६ ट्रक तथा कन्टेनर ‘डाइभर्ट’ गरिने
काठमाडौं । परराष्ट्र मन्त्रालयले चीनको तिब्बतस्थित केरुङमा करिब १ हजार ५०० नेपाली नागरिक रहेको जनाएको छ। मन्त्रालयले उनीहरूलाई स्वदेश फर्काउन...
-
पार्टीलाई ‘फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’ प्रति सचेत रहन अपिल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद र गुटगत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष...
-
जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी, अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइयोः प्रम बालेन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनकै असरले भोटेकोशीमा बाढी आएर नेपालमा अपूरणीय क्षति गरेको कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष जानकारी गराउने...
-
बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै, राहत कोषमा करिब आठ अर्ब रुपियाँ
काठमाडौँ । रसुवाको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन...












