ताजा समाचार

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले विपद्को समयमा हार मानेर वा निराश भएर मात्रै बस्न नहुने बताए । ”विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,” उनले भनेका छन् ।

विपद्पीडितको पुनर्स्थापना र सुरक्षित नेपालको पुनर्निमार्णमा सरकार क्रियाशील हुने उनले बताए । ”आउनुहोस्, हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ,” उनले भनेका छन् । हिमाली राष्ट्रमा विपद्‌को जोखिम कायमै रहेकाले यसबाट बच्नका लागि आवश्यक सजगता अपनाउन बालेनले आग्रह गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org