बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ । उपत्यकाका नागरिक महाविपद अभियानले आज बिहान नागरिक ऐक्यवद्धता र्याली आयोजना गरेको हो । ख्याति प्राप्त लेखक, पत्रकार, अधिकारकर्मी तथा नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के. सुन्दरको नेतृत्वमा निस्किएको र्यालीमा काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता डंगाेल, २४ नम्बरका वडाध्यक्ष बिनाेद कुमार राजभण्डारी, १७ का नवीन मानन्धरलगायत सहभागी थिए ।
त्यस्तै, नेपाल प्रहरीका डीएसपी चन्द्रबहादुर थापाको कमाण्डमा १/१५, नेपाली सेना शार्दुल जंग गुल्मका उपसेनानी प्रेमबहादुर थापकाे कमाण्डमा १/५ र सशस्त्र प्रहरी नं १८ गण डिएसपी सुरज कार्कीकाे कमाण्डमा १/२० नेफ्रीको उपस्थिति थियो। वसन्तपुरबाट शुरु भएको र्याली हनुमानढोका, इन्द्रचोक,असन, भोटाहिटी हुँदै शान्तिबाटिका पुगेर शोक सभा आयोजना गरिएको थियो । कार्यक्रममा सहभागीहरूले विनाशकारी महाविपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ताहरूको खोजी कार्यलाई राज्यले उच्च प्राथमिकता उनीहरूले माग गरेका छन् ।
बेपत्ताको खोजीका लागि अधिकतम स्रोत–साधन, जनशक्ति तथा आधुनिक प्राविधिक र वैज्ञानिक विधिको प्रयोग गर्न पनि आग्रह गरिएको छ ।बाढी प्रभावित क्षेत्रमा फेला परेका शवहरूको सनाखतमा जटिलता देखिएको उल्लेख गर्दै नागरिक समूहले सबै शवको सम्मानजनक व्यवस्थापन र वैज्ञानिक अभिलेखीकरण गर्न ध्यानाकर्षण गराएको छ । शवको पहिचानका लागि डीएनए लगायतका जैविक नमूनाहरू सुरक्षित राख्न र परिवारबाट नमूना संकलन गरी समन्वय गर्न राज्यले देखाएको तत्परताको स्मरण गर्दै पहिचानपश्चात शव हस्तान्तरण प्रक्रियालाई मानवीय संवेदनशीलताका साथ सरल र सहज बनाउन अनुरोध गरिएको छ ।
संकटको यस कठिन समयमा आफ्नो ज्यानको प्रवाह नगरी उद्धार कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय उद्धारकर्मी, चालक, प्राविधिक तथा स्वयंसेवकहरूको योगदानको वक्तव्यमार्फत उच्च सम्मान र प्रशंसा गरेका छन् । महाविपद् प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापना र पुनर्निर्माण कार्यलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा राख्न राज्यसँग माग गरिएको छ । आवास र जीविकोपार्जन गुमाएकाहरूको पुनःस्थापनामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिँदै क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी, विद्युत् र सञ्चार जस्ता आधारभूत पूर्वाधारहरू यथाशक्य छिटो निर्माण गर्न आग्रह गरेका छन् । यो शोकलाई शक्ति र सहयोगमा रूपान्तरण गर्ने संकल्प गर्दै प्रभावित परिवारसँग ऐक्यवद्धता प्रकट गर्नुका साथै एक–अर्कालाई सहयोग गर्नु नै मानवीय धर्म र नेपाली पहिचान भएकाले सुरक्षित नेपाल निर्माणका लागि सामूहिक प्रतिवद्धता व्यक्त गरिएको छ ।
Comments
अरु समाचार
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले...
-
चीन–नेपालबीच ‘जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान’ किन आवश्यक?
काठमाडौँ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद राहत प्रयासका लागि सो...
-
धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढ्न प्रधानमन्त्री बालेनको अपिल
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को स्थितिबाट अघि बढ्न आमनागरिकलाई अपिल गरेका छन् । शुक्रबार सामाजिक...
-
राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा पूजाआराधना
काठमाडौं । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन्...
-
वायुसेवा निगमको निमित्त महाप्रबन्धकको जिम्मेवारी ‘जनकराज कालाखेती’लाई
काठमाडौं । नेपाल वायुसेवा निगमको निमित्त महाप्रबन्धकमा नायब महाप्रबन्धक जनकराज कालाखेती तोकिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कालाखेतीलाई...
-
त्रिशूली थ्री ए सुरुङभित्र मान्छेको आवाज पुष्टि, उद्धार कार्य जारी
काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताएका छन् । भोटेकोशी बाढीपछि अहिले खोज तथा...












