‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरुपयोग गरी अराजनीतिक,अनैतिक र आपराधिक क्रियाकलाप गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सो खालको अराजक र घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई कडा चेतावनी दिएका छन् । ‘डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्रहत्या गर्ने नियतका साथ गरिएका यस्ता अराजनीतिक,अनैतिक र आपराधिक क्रियाकलापको घोर निन्दा एवं भर्त्सना गर्दछौं’,सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘यस्ता अराजक र घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई कडा चेतावनी गर्दछौं ।’
त्यसैगरी,उनले सो तस्बिर बनाउनेलाई तत्काल कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा रहेका ओलीको कालोमोसो र जुत्ताको माला लगाइएको एआई तस्बिर सार्वजनिक भएको छ । बुद्ध मगर नामक प्रोफाइलबाट पोष्ट गरिएको सो तस्बिर सामाजिक सञ्जालमा भाइरल छ ।
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले...
-
चीन–नेपालबीच ‘जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान’ किन आवश्यक?
काठमाडौँ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद राहत प्रयासका लागि सो...












