काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास पाउन नसकेका उपभोक्ताहरू पछिल्लो समय भोटेकोशीको बाढी र पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोपछि झनै पीडित बनेका छन् ।
काठमाण्डौ उपत्यकामा ग्यास सिलिन्डर भर्ने १९ वटा प्लान्ट भए पनि कृष्णभीरमा सडक अवरुद्ध हुँदा ठूला ग्यास बुलेटहरू आउन सकेका छैनन् । व्यवसायीहरूले हेटौँडा, वीरगञ्ज, नवलपरासी र धनुषालगायतका ठाउँबाट ग्यास भरेर उपत्यकामा ल्याइरहेका छन् ।
वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी लागत बढेको भन्दै एलपी ग्यास उद्योग सङ्घले निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा थप १०५ रुपैयाँ ३८ पैसा जोडेर बिक्री गर्न भनेको छ । तर उपभोक्ताहरूले तोकिएको बढेको मूल्य तिर्न तयार हुँदा पनि सहजै ग्यास पाउन सकेका छैनन् ।
नेपाल आयल निगमका अनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक ३५ हजारदेखि ४० हजार सिलिन्डर ग्यास आवश्यक पर्ने भए पनि अहिले दैनिक औसत ३० हजार सिलिन्डरमात्र भित्रिइरहेको छ । ग्यास नपाएपछि अहिले बालाजु औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारलगायत उपत्यकाका विभिन्न डिपोहरूमा बिहानैदेखि सिलिन्डर बोकेर लाइन बस्ने उपभोक्ताहरूको घुइँचो देखिन थालेको छ ।
उपभोक्ता अधिकारवादी सङ्घ–संस्थाले बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहँदा र मनपरी मूल्य बढाउँदा समेत सरकारले प्रभावकारी अनुगमन र नियमन नगरेको आरोप लगाएका छन् ।
Comments
अरु समाचार
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...
-
‘सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइयो एमाले अध्यक्ष ओलीको एआई तस्बिर’
काठमाडौं । नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक प्रतिष्ठामा आँच आउनेगरी बनाइएको एआई तस्बिरप्रति गम्भीर...
-
बाढी पीडितको पक्षमा निकालियो ऐक्यवद्धता र्याली, बेपत्ताहरूको खोजीमा उच्च प्राथमिकता दिन माग
काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले पुर्याएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै काठमाडौँमा ऐक्यवद्धता र्याली निकालिएको छ ।...
-
पदीय मर्यादाको उल्लंघन: प्रहरी इन्स्पेक्टर र गाउँपालिका अध्यक्ष रातभरि क्यासिनोमा
काठमाडौँ । नेपाल प्रहरीका इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना वीरगञ्जस्थित एक क्यासिनोबाट पक्राउ परेका छन् । क्यासिनो प्रवेश गरी...
-
भोटेकोशी बाढी: आठ जिल्लामा १,३३१ शव फेला, ५ हजार जना अझै सम्पर्कविहीन
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको...
-
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ
काठमाडौँ भदौ २० गते । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य...
-
भोटेकोशी बाढी: खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक
काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज, उद्धार तथा जनधनको क्षतिको पछिल्लो विवरण सार्वजनिक गरेको छ। प्रहरीले...
-
चीन–नेपालबीच ‘जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान’ किन आवश्यक?
काठमाडौँ। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ । उद्धार तथा विपद राहत प्रयासका लागि सो...












