ताजा समाचार

रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान

काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवाशजंग थापाले उक्त जानकारी दिएका हुन्।

नेपाली सेनाका अनुसार हालसम्म प्राप्त तथ्यांकका आधारमा १२१ जना जलविद्युत आयोजनाका सुरुङभित्र प्रवेश गरेको देखिएको छ। सबै सुरुङको ब्रेकथ्रु अर्थात् अवरोध हटाउने काम सम्पन्न नभएसम्म खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइने सेनाले जनाएको छ।

बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत अन्य व्यक्तिहरू पनि सुरुङबाहिर प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ। आयोजनाका सुरुङमा भएको क्षतिको प्रारम्भिक आकलनअनुसार बाढी तथा लेदो करिब १८० किलोमिटर प्रतिघण्टाको गतिमा खसेको अनुमान गरिएको सहायक रथी थापाले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org