नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी गर्दै देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन सिर्जना गर्न आह्वान गरेका छन्। वक्तव्यमार्फत पार्टीले गत वर्ष भाद्र २३ गते नेपाली युवाहरूले गरेको भीषण वर्गसंघर्ष र त्यसक्रममा २३ जना तथा पारि भाद्र २४ गतेसम्म कुल ५७ जना युवाले ज्यान गुमाएको घटनाप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। दुई दिनको जनविद्रोहले पुरानो सरकारलाई अपदस्त गरी नयाँ सरकार बने पनि विश्वमै दुर्लभ भनिएको यस घटनाको राजनीतिक परिणाम जनअपेक्षित हुन नसकेको र पुरानै शैलीको पुनरावृत्ति भएको पार्टीको ठहर छ।
वक्तव्यमा गत वर्षको जनविद्रोह हुनुको पृष्ठभूमि स्पष्ट पार्दै सत्ताधारी संसद्वादी दलाल पुँजीवादी पार्टीहरूको अराजकता, संस्थागत भ्रष्टाचार, कुशासन, बेथिति, जनतामाथिको चरम शोषण(उत्पीडन, र आम युवाको विदेश पलायन जस्ता मुद्दाहरू विस्फोटन विन्दुमा पुगेको उल्लेख गरिएको छ। तर, आन्दोलनपछिको सरकारमा पनि ूव्यवस्था होइन, अवस्था बदल्ने सुधारवादी नारा दिएका एकाधिकार पुँजीपति वर्गका दलाल तथा नोकरशाही पुँजीपति वर्गको एकपक्षीय नेतृत्व हावी भएको र जनताले बारम्बार धोका व्यहोर्नु परेको बताइएको छ।
वर्तमान सत्ताधारीहरूको जनविरोधी र अन्तरीहित चरित्रका कारण देशभर सुकुम्बासीहरूका विरुद्ध राज्य आतंक चलाइएको, किसानविरोधी बजेट निर्माण गरिएको, पुँजीपतिको पक्षपोषण गर्ने कानुन र बोल्ने अधिकार कुण्ठित गर्ने नियमहरू बनाइएको आरोप लगाइएको छ। शिक्षा, स्वास्थ्य र साना व्यवसायमा कर बढाइएको तथा पीडितहरूको उद्धारमा स्वयम् प्रधानमन्त्रीले बेवास्ता गरी उनीहरूलाई अन्तर्राष्ट्रिय वित्तीय माफियासँग व्यापारीकरण गर्ने योजना देखाएको भन्दै सो पार्टीले सआपत्ति जनाएको छ। पुँजीवादी व्यवस्थाले उत्तरआधुनिकतावादी दृष्टिकोणमार्फत उपभोक्तावाद, अराजकता, व्यक्तिवाद र विसर्जनवादी विकृति फैलाइरहेको र यसले पुँजीवादी शोषणलाई नै ठूलो फाइदा पुर्याएको वक्तव्यमा औंल्याइएको छ।
अन्तर्राष्ट्रिय परिदृश्यबारे चर्चा गर्दै, भूमण्डलीकृत साम्राज्यवाद र त्यसका विकासोमुख दलाल शासकहरू तथा उत्पीडित जनताबीचको अन्तरविरोध चुलिंदै गएको र भारत, बंगलादेश लगायत विश्वभर देखिएका उथलपुथलहरू साम्राज्यवादी संकटकै अभिव्यक्ति रहेको उल्लेख गरिएको छ। यो अवस्थामा जनवादी दृष्टिकोण भएका समाजवादी, मार्क्सवादी(लेनिनवादी(माओवादीहरू एकजुट हुनु ऐतिहासिक आवश्यकता भए पनि जेनीजी आन्दोलनमा उत्रिएका युवाहरूमा स्पष्ट दृष्टिकोण र संघर्षपछि सत्ता आफ्नै हातमा लिने योजना नहुँदा सत्ता एकाधिकारवादी दलाल तथा नोकरशाहहरूको हातमा पुग्न गएको पार्टीको निष्कर्ष छ।
देशका समस्याहरू थप जटिल बन्दै गएको र नेपाली प्राकृतिक स्रोतमाथि साम्राज्यवादी लगानी एवं एमसीसी, एसपीपी, विप्पा जस्ता सम्झौताहरू थोपरिँदा देशमा महँगी बढेको, उत्पादन घटेको तथा युवा पलायन तीव्र भएको भन्दै पार्टीले चिन्ता व्यक्त गरेको छ। तसर्थ, नेपाली युवाहरूले वैज्ञानिक विश्वदृष्टिकोण निर्माण गर्नु पहिलो वैचारिक आवश्यकता र दलाल पुँजीवादी सत्ताविरुद्ध संघर्ष गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु अर्को व्यावहारिक आवश्यकता भएको उल्लेख गरिएको छ। अन्तमा, देशभार छरिएका क्रान्तिकारी पार्टी, संगठन र व्यक्तिहरूलाई एकजुट बनाई सबै प्रकारका उत्पीडनको अन्त्य गर्दै नेपालका श्रमजीवी र प्रगतिशील जनताको भलाइका लागि नयाँ प्रकारको जेनीजी आन्दोलन सिर्जना गर्न र सत्ता परिवर्तनको आन्दोलनमा व्यवस्थित रूपमा होमिन पार्टीले हार्दिक अपील गरेको छ।
Comments
अरु समाचार
-
रसुवा बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको तयारी तीव्र: अर्थसचिव डा. उपाध्याय
काठमाडौँ । भोटेकोशी बाढीपछि ३३ देशले राहत तथा उद्धार सामग्री दिएको अर्थसचिव डा. घनश्याम उपाध्यायले जानकारी दिएका छन् । अर्थ...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गरियोस् : नेपाली कांग्रेस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ। जेनजी आन्दोलन भएको एक वर्ष...
-
जेनजी आन्दोलनको सन्देश आत्मसात् गरौं : पूर्वप्रधानमन्त्री कार्की
काठमाडौं। पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको सन्देशलाई गम्भीरतापूर्वक आत्मसात् गर्न आग्रह गरेकी छन्। जेनजी आन्दोलन...
-
जेनजी आन्दोलनको एक वर्ष पूरा, आज जेनजी शहीद दिवस
काठमाडौं । जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन...
-
राष्ट्रपति पौडेलको आह्वान : ‘यो विभाजन होइन, राष्ट्रिय एकता र पुनर्निर्माणको समय हो’
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीबाट सिर्जित कठिन घडीमा सम्पूर्ण देशवासीलाई संयम रहँदै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।...
-
रसुवा बाढीमा १२१ जना सुरुङभित्र फसेको सेनाको अनुमान
काठमाडौं । भदौ १० गते रसुवामा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनाका सुरुङभित्र १२१ जना फसेको अनुमान नेपाली सेनाले गरेको...
-
काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव
काठमाण्डाै । काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चरम अवस्थामा पुगेको छ । साउनको पहिलो हप्तादेखि नै सहजरूपमा ग्यास...
-
विनाशकारी बाढीमा मृत्यु भएका व्यक्तिहरूको सम्झनामा झुकाइयो आधा राष्ट्रिय झण्डा
काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका व्यक्तिहरूको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदै छ। भदौ १८...












