ताजा समाचार

बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट: वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि पठाइने राहत सामग्रीको ढुवानीमा लाग्ने निगमसम्बन्धी सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ।

निगमले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत अन्तर्राष्ट्रिय स्टेसनहरूबाट नेपालमा पठाइने राहत सामग्रीको ढुवानीमा यस्तो सहुलियत दिने जनाएको हो। निगमका अनुसार सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानी गर्दा लाग्ने निगमसँग सम्बन्धित शुल्क छुट गरिनेछ।

प्राकृतिक विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले गरिएको उक्त निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपाल पठाइने राहत सामग्री प्रभावित समुदायसम्म शीघ्र पुर्‍याउन सहयोग पुग्ने निगमले विश्वास व्यक्त गरेको छ। निगमले विपद्का समयमा प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन आफ्नो तर्फबाट सहजीकरण गर्ने जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org