आफूविरुद्ध तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरिएको डिआइजी खत्रीको दाबी, कानूनी उपचारमा जाने चेतावनी
काठमाडौ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (DIG) भूपेन्द्र बहादुर खत्रीले आफ्नो चरित्र हत्या गर्ने गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानूनी उपचारमा जाने चेतावनी दिएका छन् ।
विज्ञप्ति जारी गर्दै उनले एक अनलाइन सञ्चारमाध्यमले “आइजीविरुद्ध निरन्तर प्रहार, कतै खगेन्द्र सुनार परिचालित त छैनन् ?” भन्ने शीर्षकमा प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएका हुन् । उक्त समाचारमा आफ्नो नामसमेत जोडेर लेखिएका सामग्रीहरू पूर्णतः तथ्यहीन, भ्रामक, मनगढन्ते र अनर्गल भएको भन्दै उनले घोर आपत्ति र खेद व्यक्त गरेका छन् ।
संगठनप्रतिको व्यावसायिक इमानदारीता, पेसागत निष्ठा र कार्यकुशलता घामजत्तिकै पारदर्शी रहेको उल्लेख गर्दै डिआइजी खत्रीले आफ्नो निष्कलङ्क छवि र इमानदारीताबाट अत्तालिएका केही तत्त्वहरूले कपोलकल्पित कथा बुनेर प्रहार गर्न खोजेको दाबी गरेका छन् ।
समाचारका नाममा आफ्नो पेसागत निष्ठा र आत्मसम्मानमा आघात पुर्याउने उद्देश्यले प्रकाशित भ्रामक सामग्रीको विश्वास नगर्न सबैमा अनुरोध गर्दै खत्रीले सो विषयवस्तुका सम्बन्धमा अविलम्ब कानूनी प्रक्रियामा जाने जानकारी दिए ।
Comments
अरु समाचार
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
संविधान दिवस भव्यरुपमा मनाउने तयारी गर्दै ‘कोशी प्रदेश सरकार’
काठमाडौं । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तिब्र बनाएको छ । असोज २,३ र...
-
पाँच सुधार प्याकेज : शिथिल अर्थतन्त्रलाई गति दिने सरकारको परीक्षा
काठमाडौं। अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारले पाँचवटा विशेष सुधार प्याकेज अघि बढाउने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल...
-
गृहमन्त्री गुरुङको अभिव्यक्तिविरुद्ध मानवअधिकारकर्मीको कडा आपत्ति, गृहमन्त्रीले के भनेका थिए ?
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिको अधिकारकर्मीहरुले विरोध जनाएका छन् । गृहमन्त्रीले धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै मानव अधिकारकर्मी, वरिष्ठ कानुन...
-
ग्यास अभाव भएपछि अनौठो विरोधको शैली, दाउरा बालेर क्याम्पस अगाडि खाना
काठमाडौं । खाना पकाउने ग्यास नपाएको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले काठमाडौंमा अनौठो शैलीमा सरकारको विरोध गरेको छ। ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण...
-
न्यायाधीश रेग्मी र अख्तियार प्रमुखविरुद्धको महाअभियोग रितपूर्वक छैन: संसद महासचिव पाण्डे
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईमाथि महाभियोगको माग गर्दै संसद् सचिवालयमा निवेदन दर्ता भएको...
-
कर्णालीका वन सचिव कर्ण, सुर्खेतको डिएफओ दास प्रधानमन्त्री कार्यालय र अख्तियारभन्दा माथि !
काठमाडौं । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव अजितकुमार कर्ण, डिभिजन वन कार्यालयका डिएफओ राधाकृष्ण दास र...
-
नेपाल कम्युनिस्ट पार्टी (बहुमत) द्वारा जेनीजी विद्रोहको स्मरण र वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष कञ्चनले जेनीजी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा एक प्रेस वक्तव्य जारी...












